महेन्द्रनगर । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजित पुरुष सिनियर डबल्स व्याडमिन्टन प्रतियोगिताको उपाधी शेरबहादुर सिंह र गोकुल बोहराको जोडीले जितेको छ ।
मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा ज्ञानु डगौंरा र चन्द्रदेव अवस्थीको जोडीलाई २१–१२, १३–२१ र २१–१२ को सेटले पाखा लगाउदै सिंह र बोहराको जोडीले उपाधी कब्जा गरेको हो ।
यहाँस्थित श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना एवं कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको सहकार्यमा भएको प्रतियोगितामा जिल्लाभरका २८ टिमले सहभागिता जनाएका थिए ।
नागरिक–सैनिक सम्वन्ध सुदृढिकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका उपाधी बिजेता, उपबिजेता खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गरिएको छ ।
उपाधी बिजेता खेलाडीहरुलाई श्री नंं २५ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी शशीकिरण रायमाझी, नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी श्यामसिंह चौधरी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत लगायतले पुरस्कृत गरेका छन् ।
प्रतियोगितामा डगौरा र अवस्थीको जोडी द्धितिय भएको छ । भने भरत चन्द र धीरज चन्द एवं प्रेम सिंह भाट र प्रकाश पन्तले तृतीय स्थान हासिल गरे । सीमारेखा बाट सभार









Discussion about this post