Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्वकपका लागि यूएईविरुद्धको निर्णायक खेलमा नेपालको सम्भावना कति ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १०, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एक खेल जिते विश्वकपमा । अनि हारे ? हारे विश्वकपबाट धेरै टाढा । फेरि नेपाल कहिले विश्वकपमा पुग्छ भन्न सकिन्न ।

प्रसंग हो ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्वालिफायरको । जहाँ नेपालले आज यूनाइटेड अरब इमिरेट्स (यूएई)सँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज यूएईसँग आज अपराह्न पौने चार बजे त्यस्तो खेल खेल्दैछ जुन खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ । यदि पराजित भएमा नेपालले विश्वकप पुग्नका लागि अझै केही वर्ष पर्खनु पर्नेछ ।

नेपालले ग्लोबल क्वालिफायर–‘ए’को समूह ‘बी’मा अहिलेसम्म तीन खेल खेल्दा शतप्रतिशत जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । सेमिफाइनल पुग्न यी तीन खेल जति महत्वपूर्ण थिए त्योभन्दा महत्वपूर्ण खेल नेपालका लागि यूएईविरुद्ध हुनेछ ।

नेपाल समूह ‘बी’ मा सबै तीन खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो । उता यूएई सुरुको दुई खेल जितेर अन्तिम खेलमा बहराइनसँग पराजित भएको थियो । तैपनि समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल पुग्यो ।

आजै अर्को सेमिफाइनल खेल पनि हुनेछ जहाँ समूह ‘ए’ को विजेता आयरल्याण्डले समूह ‘बी’ को उपविजेता घरेलु टोली ओमानसँग खेल्नेछ ।

यी दुवै सेमिफाइनलका विजेता टी–२० विश्वकपमा पुग्नेछन् । रमाइलो के छ भने आयरल्याण्ड र ओमानले २०२१ मा यूएई र ओमानमा भएको टी–२० विश्वकप खेलेका थिए । यसबाट एक टोली मात्र विश्वकपमा पुग्नेछ ।

आयरल्याण्ड विजयी भए लगातार सातौं पटक विश्वकप पुग्नेछ भने ओमान विजयी भए लगातार तेस्रो पटक विश्वकप खेल्नेछ ।

अर्कोतर्फ नेपाल र यूएईले पछिल्लो विश्वकप खेलेका थिएनन् । यसबाट जित्ने टिमले भने आठ वर्षपछि टी–२० विश्वकपमा स्थान बनाउने छ ।

नेपाल र यूएईले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक विश्वकप खेलेका थिए । त्यसपछिका दुई संस्करणमा भने यी दुवै टोली छनोट हुन सकेनन् ।

यूएई पछिल्लो पटक टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेले पनि छनोट हुन सकेको थिएन । नेपाल भने एसियन रिजनबाट अघि बढ्न सकेन । यसपटक दुवै टिम आईसीसी टी–२० वरीयतामा माथिल्लो स्थानमा रहेकाले सिधै ग्लोबल क्वालिफायरमा पुगेका हुन् ।

अहिले भइरहेको ग्लोबल क्वालिफायरअघि तयारी स्वरुप खेलिएको चार देशीय सिरिजमा नेपाल र यूएई पछिल्लो पटक खेलेका थिए । जसमा यूएईसँग नेपाल २५ रनले पराजित भएको थियो ।

अहिले सेमिफाइनल खेल्न लागेका चारै टोलीले त्यो सिरिज खेलेका थियो । जसमा नेपालले ओमानलाई पराजित गर्दा आयरल्याण्ड र यूएईसँग पराजित भएको थियो । यूएईले भने नेपाल र आयरल्याण्डलाई हराउँदा ओमानसँग पराजित भएको थियो ।

तर त्यस सिरिजपछि क्वालिफायरमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित छ । नेपालले समूह चरणमा ओमानलाई ३९ रनले, फिलिपिन्सलाई १३६ रनले र क्यानडालाई ८ विकेटले पराजित गरिसकेको छ । ओमानले नेपालसँग हार्दा क्यानडा र फिलिपिन्सलाई हरायो ।

अर्को समूहमा यूएईले आयरल्याण्ड र जर्मनीलाई हरायो भने बहराइनसँग पराजित भयो । आयरल्याण्डले यूएईसँग हारेपछि बहराइन र जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अब यिनै चार टिममध्ये सेमिफाइनल जित्ने दुई टोलीले फाइनल पुग्दै अष्ट्रेलियाको टिकट काट्नेछन् ।

नेपाल भर्सेस यूएई हेड टु हेड

नेपाल र यूएई टी–२० अन्तर्राष्ट्रियमा चार पटक खेलेका छन् । जसमा दुवै टिमले २–२ खेल जितेका छन् । सन् २०१९ मा यूएईमै भएको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले यूएईलाई २–१ ले हराएर सिरिज जितेको थियो ।

उक्त सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपालले त्यसपछि दोस्रो खेलमा यूएईलाई ४ विकेटले र तेस्रो खेलमा १४ रनले पराजित गरेको थियो ।

त्यसपछि अहिले भइरहेको क्वालिफायर अघि चारदेशीय सिरिजमा यूएईले नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा यूएईले पहिलो ब्याटिङ गर्दै चिराग सुरीको ८४ रन मद्दतमा ३ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा नेपालले १६७ रन मात्र बनाउन सक्यो ।

खेलाडीको प्रदर्शन

त्यस खेलमा ८४ रन हानेका सुरी सहित युवा खेलाडी भृत्य अरविन्द र पूर्व कप्तान रोहन मुस्ताफा अहिले यूएईका लागि राम्रो खेलिरहेका छन् । यी खेलाडीको ब्याटिङमा यूएईको प्रदर्शन भर पर्नेछ । भृत्य सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् उनले दुई अर्धशतक प्रहार गरिसकेका छन् ।

यता नेपालको लागि कप्तान सन्दीप लामिछानेले एकरुपको बलिङ गरिरहेका छन् । सन्दीपले ३ खेलमा ८ विकेट लिंदै सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा छन् । उनलाई स्पीनमा दीपेन्द्र सिंह ऐरीले साथ दिएका छन् । फास्ट बलिङमा कमल सिंह ऐरी, अविनाश बोहरा र जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै सोमपाल कामी र करण केसीको अभाव खड्किन दिएका छैनन् ।

ब्याटिङमा भने ओपनर कुशल भुर्तेलले एक शतक प्रहार गरिसकेका छन् । पहिलो खेलमा ओमानविरुद्ध पाँच रनमा आउट भएका भुर्तेलले दोस्रो खेलमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाए । यस्तै तेस्रो खेलमा क्यानडाविरुद्ध पनि अविजित रहँदै ३४ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । पहिलो खेलमा ओमानविरुद्ध ११ रनमा आउट भएका दीपेन्द्रले दोस्रो खेलमा फिलिपिन्सविरुद्ध ८३ रन बनाए । तेस्रो खेलमा क्यानडाविरुद्ध अविजित २७ रन जोडे । उनले बलिङमा ओमानविरुद्ध २ विकेट लिँदै उत्कृष्ट फिल्डिङ समेत गरेका थिए भने फिलिपिन्सविरुद्ध १ विकेट लिएका थिए ।

यसपटक विकेट किपिङको जिम्मा पाएका कुशलका ओपनिङ जोडी आसिफ शेखले भने ब्याटिङमा राम्रो गर्न सकेका छैनन् । उनले ३ खेलमा जम्मा २१ रन बनाएका छन् ।

विकेटकिपरको रुपमा भने उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । कुल ६ डिसमिसलमध्ये उनले विकेट पछाडि चार क्याच लिएका छन् भने दुई स्टम्पिङ गरेका छन् । गोविन्दराज नेपालले  अनलाइनखबरमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३
चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

साउन २४, २०८३
विविधतामा एकता नेपालको पहिचान हो : राष्ट्रपति पौडेल

विविधतामा एकता नेपालको पहिचान हो : राष्ट्रपति पौडेल

साउन २४, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ तोलामा ४ हजार ८ सयले बढ्यो, तीन लाख नाघ्यो

साउन २४, २०८३
‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व