Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रिसाइरहने, झर्किरहने बालबालिकालाई कस्तो व्यवहार गर्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ७, २०७८
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बच्चाहरू झनक्क रिसाउनु धेरै अभिभावकलाई टाउको दुखाइको विषय बनेको छ । बालबालिकाहरुलाई केही भन्नै नहुने, झर्किने, रिसाउने जवाफ फर्काइहाल्ने बानीले धेरै अभिभावक आजित छन् ।

रिसाउनु भनेको नकारात्मक भावनालाई प्रस्तुत गर्ने अपरिपक्व तरिका हो । बालबालिकाको रिसाउने, झर्किने व्यवहारलाई परिवर्तन गर्न यी टिप्सले सहयोग गर्न सक्छन् ।

बालबालिकालाई आफ्नो भावनाबारे बताउन प्रोत्साहन गर्नुहोस्

आफ्ना बालबालिकालाई मनका भावना प्रस्तुत गर्ने शब्दावली सिकाउनुपर्छ । रिसाइरहेका बच्चासँग कुरा गर्दा आरामसँग, शान्तसँग कुरा गर्नुपर्छ ।

जस्तैः मलाई थाहा थियो तिमीलाई त्यो चिज चाहिएको थियो, तिमीलाई रिस उठिरहेको छ । यसो भन्नुको साटो तिमी रिसाहा हौ, फटाहा हौ, मूर्ख हौ भन्नु हुँदैन । यी कुरामा अभिभावकले ध्यान दिनुपर्छ ।

शान्त रहनुहोस्

यदि बालबालिका रिसाइरहेका छन्, झर्किरहेका छन् भने उनीहरूको आवश्यकतालाई त्यहीँ बसेर तिरस्कार गर्नु हुँदैन । केही आफैले चाहिएको जस्तो नपाएर अथवा भनेको जस्तो नभएर बच्चा रिसाइरहेका छन् भने उनीहरूलाई त्यो कुराबाट बाहिर निकाल्न कोसिस गर्नुपर्छ ।

कहिलेकाही विषयवस्तु नै परिवर्तन गर्ने कोसिस गर्नुपर्छ । त्यति गर्दा पनि बच्चा रिसाउन छोड्दैन भने उसको रिस नियन्त्रणमा नआएसम्म त्यो कोठा नै छोडेर जानुपर्छ ।

बालबालिकालाई सुरक्षा दिनुहोस्

यदि बालबालिका रिसाएर बसे, बोल्नै चाहेनन् भने पनि उनीहरूलाई सुरक्षित राख्न जरुरी हुन्छ । बालबालिकालाई समयको अभावले ध्यान दिन नसक्दा पनि उनीहरूलाई आफ्नो मनमा लागेका कुरा आफ्नै शब्दमा राख्ने मौका दिनुपर्छ ।

त्यसो गर्दा उनीहरूको रिस बिस्तारै नियन्त्रण हुँदै जान्छ र आफू सुरक्षित भएको महसुस गर्न सक्छन् ।

बालबालिकाको खाने, सुत्ने, पढ्ने समय तालिका पछ्याउन सहयोग गर्नुहोस्

बालबालिकालाई निद्रा पुगेन, भोक लाग्यो, थकान महसुस भयो भने उनीहरू धेरै रिसाउने, झर्किने गर्न थाल्छन् । जब उनीहरुको भोक, थकान र निद्राको समस्या समाधान हुन्छ त्यसपछि आफै प्रेमपूर्वक आमा बुबाको काखमा आउँछन् ।

आफ्नो आक्रोश शान्त भएपछि अभिभावकसँग नजिकिएका बेला उनीहरूलाई प्रेमपूर्वक तिमी अघि धेरै भोकाएको थियौ है, अनि एकदम रिसाएको थियौ है । म यही बसेर तिमीलाई हेरिरहेको थिएँ जस्ता वाक्य प्रयोग गर्नुपर्छ ।

यसो गर्नाले बालबालिकामा आफू जुनसुकै अवस्थामा रहँदा पनि अभिभावकले माया गर्ने रहेछन् भन्ने अनुभूति गर्छन् । उनीहरूलाई भोक, थकान, निद्राको समस्याबाट बचाउन एउटा निश्चित समय तालिका बनाएर पछ्याउन सहयोग गर्नुपर्छ । खाना उपलब्ध गराउनुपर्छ । यसो गर्नाले बालबालिका आक्रोशित हुन पाउँदैनन् । मकालु खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व