पञ्चाङ्ग
वि.सं. फागुन ०७, २०७८ । ई.सं. १९ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । शनिबार फाल्गुण कृष्णपक्ष । तिथि– तृतीया, २२ः१५ बजे उप्रान्त चतुर्थी । नक्षत्र– उत्तरफाल्गुनी, १७ः२४ बजे उप्रान्त हस्त । योग– धृति, १७ः४० बजे उप्रान्त शूल । करण– वव १०ः३६ बजेदेखि भद्रा, २२ः१५ बजे उप्रान्त कौलव । चन्द्रराशि कन्या । आनन्दादि योग उत्पात । दिनमान २८।११ । सूर्योदय ६ः४० । सूर्यास्त १७ः५७ । राष्ट्रिय प्रजातन्त्र दिवस, निर्वाचन दिवस ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । सन्तानको माया पनि कम हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । उन्नति प्रगतिको वातावरण बन्नेछ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार









Discussion about this post