काठमाडौंः चारदेशीय टी–२० सिरिजको अन्तिम खेलमा आयरल्यान्डले नेपालसामु १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरको खेलमा सबै विकेटको क्षतिमा १२७ रन बनाएको हो।
आयरल्यान्डलाई १२७ रनमा समेट्न नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिएका थिए। त्यस्तै अविनाश बोहोराले दुई र कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले एक–एक विकेट लिए।
(Source: annapurnapost.com)









Discussion about this post