नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी गर्ने भएको छ। सिंहदरवारमा बुधबार बसेको पदाधिकारी बैठकले आगामी वैशाख ३० मा हुने निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो।
बैठकमा भोलि (बिहीबार) बस्ने कार्यसम्पादन बैठकको मुख्य एजेन्डाका विषयमा समेत छलफल भएको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए। भोलिको कार्यसम्पादन बैठकले म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय लिने उनले बताए।
महतका अनुसार स्थानीय तह निर्वाचन, जिल्लाका अधिवेशन, भ्रातृ संस्थालगायतका एजेन्डामा छलफल गर्न पदाधिकारी बैठकले टुंगो लगाएको छ। बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दैछ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post