नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले निर्वाचन आयोगलाई साधन स्रोत सम्पन्न बनाउन सरकारसँग आग्रह गरेका छन् ।
सरकारले आउँदो वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अनलाइनखबरसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले सरकारले निर्वाचन आयोगलाई सम्पूर्ण रुपले साधन स्रोत सम्पन्न बनाउने र राजनीतिक रुपमा पनि वातावरण अनुकुल बनाउनका निम्ति भूमिका खेल्नुपर्ने बताए ।
‘अब छिट्टै आचारसंहिता लागू होस् र स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनको सुनिश्चत होस् हाम्रो त्यही अपेक्षा छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘ढिलो भए पनि सरकारले गरेको निर्णय सकरात्मक हो । अब छिट्टै निर्वाचन आचारसंहिता लागू होस् र निर्वाचनको मिति घोषणा भएपछि निर्वाचनलाई प्रभावित पार्ने कुनै कुरा नहोऊन भन्ने हाम्रो अपेक्षा रहन्छ ।’
उपमहासचिव ज्ञवालीले स्थानीय निर्वाचनमा राष्ट्रव्यापी गठबन्धन नगर्ने पनि स्पष्ट पारे। ‘स्थानीय तहमा कतै–कतै परिस्थिति अनुसार गठबन्धन हुन सक्ला,त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौं,’ उपमहासचिव ज्ञवालीले भने,‘तर राष्ट्रव्यापी गठबन्धन भने हामीले गर्दैनौं ।’ अनलाइनखनर बाट सभार









Discussion about this post