Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

छाती दुखिरहने समस्या छ ? यसरी गर्न सकिन्छ प्राकृतिक उपचार !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ २४, सोमबार १७:२३
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

छाती दुख्ने समस्याबाट नोपलको आधा जनसंख्या पीडित भएको बताइन्छ । छाती दुख्दा धेरैलाई लाग्न सक्छ, कतै यो हृदयाघात त हैन ? जब कि छाती दुख्ने समस्या हृदयाघातका कारण मात्र नभई अन्य विभिन्न कारणले गर्दा पनि हुनसक्छ ।

चिकित्सकलाई आधार मान्ने हो भने हृदयाघात भएमा छातीको देब्रे भागमा बेस्सरी पीडा हुने गर्छ । जब कि अन्य कारणले छाती दुखेमा छातीको दायाँतर्फ अधिक पीडा हुने गर्छ । आवश्यकभन्दा बढी कसरत गर्नु, पेटमा जलन, अपच वा पेट सम्बन्धी अन्य थुप्रै समस्याका कारण पनि छाती दुख्ने गर्छ ।

छाती दुख्ने समस्या पनि व्यक्तिपिच्छे फरक हुने गर्छ । कसैलाई थोरै समयको लागि छाती बेस्सरी दुख्ने गर्छ भने कसैलाई लामो समयसम्म छाती हल्का दुख्ने गर्छ । हृदयाघात बाहेक अन्य समस्याका कारण छाती दुखेमा त्यसले गम्भीर समस्या भने खासै निम्त्याउँदैन ।

छाती दुख्ने अन्य कारण : हृदयाघात, एन्जिना, मुटुको धमनीमा अवरोध सिर्जना भएमा, पेरीकार्डिटिस, मुटु सुन्निएमा, कार्डियोमायोपैथी, मुटुको मांसपेशीमा समस्या भएमा वा मुटुको धमनीमा घाउ भएमा पनि छाती दुख्ने गर्छ ।

त्यस्तै, ब्रोन्काइटीस, निमोनिया, प्लूरिसी, न्यूमोथारेक्स, ब्रोकोस्पास्म वा वायु नली संकुचित हुने लगायतका फोक्सो सम्बन्धी समस्या भएमा पनि छाती दुख्ने गर्छ । त्यसबाहेक, मांसवपेशी वा हड्डी सम्बन्धी समस्याका कारण छाती दुख्ने गर्छ ।

मांसेपेशी वा हड्डीमा चोटपटक लागेमा, शारीरिक परिश्रम वा मांसपेशी दुखेमा, फ्याक्चर कारण नसामा दवाव सिर्जना भएमा, सिंगल्सजस्ता छालासम्बन्धी समस्या भएमा, छातीको दुखाइमा छातीमा पीडा हुनुबाहेक यस्ता अन्य लक्षणसमेत देखा पर्नसक्छन्

लक्षण ; छातीमा दवाव महसुस हुने, बंगारा, ढाड तथा काँध दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, पेट दुख्ने, सास लिँदा, अप्ठ्यारो महसुस हुने, वाकवाकी लाग्ने
छाती दुख्ने समस्याका कारण शरीरमा मात्र नभई दैनिकीमा समेत समस्या हुने गर्दछ । त्यसैले यस्ता समस्या भएमा तुरुन्तै चेकजाँच गराउनु पर्छ । त्यसबाहेक केही घरेलु औषधी पनि छन् जसको प्रयोगद्वारा छाती दुख्ने समस्या कम गर्न सकिन्छ ।

लसुन : विभिन्न प्रकारका औषधीय गुणले भरिपूर्ण लसुनको सेवनले मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ । यसले हृदयमा प्रभावकारी रूपमा रक्तप्रवाह गर्न मद्दत गर्छ । विशेषगरी मुटुमा रक्तसञ्चार राम्ररी नभए कार्डियोभास्कुलर समस्या हुने सम्भावना बढ्छ, जसका कारण छाती दुख्ने गर्छ । एक कप तातो पानीमा एक चम्चा लसुनको रस वा खाली पेटमा एक वा दुई पोटी लसुन दैनिक सेवन गरेर छाती दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एलोवेरा जुस : एलोवेरा –घिउकुमारी)मा विभिन्न औषधीय गुण हुन्छ । यसमा रहेको तत्वले कार्डियो भास्कुलर सिस्टम बलियो बनाउन, राम्रो कोलेस्ट्रोरलाई नियन्त्रण गर्न, रगतमा ट्राइग्लिसराइडको स्तर कम गर्न तथा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
त्यसैले, एक चौथाइ कप एलोभेरा जुसको सेवन नियमित गरेको खण्डमा छाती दुख्ने समस्या कम हुने गर्छ । यो जुस दिनमा दुई पटकसम्म सेवन गर्न सकिन्छ ।

भिटामिन ; विभिन्न अध्ययनहरूले जनाए अनुसार शरीरमा भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ को कमी भएमा छाती दुख्नुका साथै हृदयाघात हुनसक्छ । त्यसैले छाती दुख्ने समस्या भएमा चिकित्सकहरू भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ले भरिपूर्ण आहारको सेवन गर्न सल्लाह दिन्छन् । भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ माछा, पनीर, अण्डा, अन्न, सोया तथा मासुजस्ता खानेकुराबाट पाउन सकिन्छ ।

तातो पेय पदार्थ : अपच वा एसिडिटीका कारण छाती दुख्ने समस्या भएमा तातो पानी राम्रो विकल्प हुनसक्छ । एक गिलास तातो पानीको सेवन वा हर्बल टीको सेवनले पेट सुन्निने समस्या कम हुनुका साथै पाचन तन्त्रमा आराम दिलाउँछ । यसले छाती दुख्ने समस्या कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

दूध बेसार : वेसारमा भरपूर मात्रामा करक्यूमिन पाइन्छ । यसको सेवनले कोलेस्ट्रोल कम गर्न, रगत जम्न तथा धमनीको अवरोध कम गर्न मद्दत गर्छ । त्यसबाहेक पनि करक्यूमिनमा सुन्निने समस्या कम गर्ने तत्व हुन्छ, जसले छाती दुख्ने समस्या तुरुन्तै कम गर्न मद्दत गर्छ । यसको लागि एक गिलास दूधमा आधा चम्चा बेसारको धुलो मिसाएर पिउनाले दुखाइ कम हुन्छ । त्यसका लागि बेसार राति सुत्नुअघि दूधमा बेसार हालेर पिउन सकिन्छ ।

तुलसी : तुलसीमा पर्याप्त मात्रामा भिटामिन ‘के’ तथा म्याग्नेसियम पाइन्छ । म्याग्नेसियमले मुटुको रक्त प्रवाह बढाउनुका साथै रक्तवाहिनी नसालाई आराम दिलाउन मद्दत गर्छ । जब कि भिटामिन ‘के’ ले रक्त वाहिकाको भित्तामा कोलेस्ट्रोल निर्माण हुनबाट रोक्छ ।

यसले हृदयसम्बन्धी रक्त विकार कम गर्नुका साथै छातीको दुखाइ कम गर्न समेत मद्दत गर्छ । यसको लागि आठ देखि १० पत्ता तुलसीलाई यसै पनि चपाउन सकिन्छ वा चियाको रूपमा पनि सेवन गर्न सकिन्छ । एक चम्चा तुलसीको रसमा मह मिसाएर पिएमा पनि छाती दुख्ने समस्या तुरुन्तै कम गर्न सकिन्छ । नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ २४, सोमबार १७:२३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ २४, सोमबार १७:२३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ २४, सोमबार १७:२३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ २४, सोमबार १७:२३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ २४, सोमबार १७:२३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ २४, सोमबार १७:२३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ २४, सोमबार १७:२३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ २४, सोमबार १७:२३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ २४, सोमबार १७:२३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व