Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्थानीय तह निर्वाचन : मिति घोषणा हुनासाथ कार्यतालिका ल्याउने तयारीमा आयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २०, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । मंगलबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचन आगामी जेठ ४ गतेको लागि सिफारिस गरेका थिए ।

सो क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तह पदािधकारीको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीका कार्यहरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।

आयोग स्थानीय तह निर्वाचनको मिति कुर्दै छ । निर्वाचन मिति कुर्दै गरेको आयोगले निर्वाचनको लागि गर्नुपर्ने तयारी सुरु गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले आयोगले निर्वाचनसम्बन्धी गर्ने कार्य जारी राखेको जानकारी दिए । तर, कतिपय कार्यहरु निर्वाचन मिति घोषणा भएपछि सुरु हुने उनले बताए ।

स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगलाई सामान्यतयाः १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा निर्वाचन सम्पन्न गर्न आयश्यक पूर्व तयारीका अन्य कार्यहरु निरन्तर गरिहेको प्रवक्ता पौडलेल जानकारी दिए ।

साथै आयोगले प्रस्ताव गरे अनुसार सरकारले निर्वाचन मिति तोकेमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको उनले बताए ।

यसैगरी, आयोगले निर्वाचन मिति घोषणा भएपछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्ने जनाएको छ । तर, आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमाग गरेको छ । जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एक साथ गर्नुपर्ने प्रस्ताव सरकार समक्ष पेश गर्दै आयोगले यस्तो अनुमान गरेको हो । साथै आयोगले एकै चरणमा निर्वाचन नभए खर्च थप हुने अनुमान समेत गरेको छ ।

२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचिन पदाधिकारीहरुको पदावधि अगामी जेठ ५ गते सकिँदै छ । सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवं कानुनी दायित्व रहेको छ । उपहार खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व