Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के गर्ने तौल घटाउन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १८, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात मोटोपन भएका मानिसहरुको संख्या बढ्दो छ ।

 

मोटोपन स्वास्थ्यको लागि राम्रो होइन । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यको लागि फाइदाजनक मानिदैन । त्यसैले त मोटोपनकै कारणले विभिन्न रोगहरु पनि देखा परिरहेका हुन्छन् ।

मोटोपन कसरी घटाउने भन्ने विषयमा मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले सामाजिक सञ्जालमार्फत गराएको जानकारीलाई यहाँ प्रस्तुत गरिएको छः

 

 

अधिकांशलाई आफ्नो तौल ठिकै छ भन्ने लाग्छ । मेरो तौल ठिक छ भन्ने लाग्ने व्यक्तिको तौल भने वास्तवमा ‘ओभर तौल क्याटोगोरी’मा पर्छ । अर्थात त्यस्ता व्यक्रिको तौल आवश्यक भन्दा १० देखि १५ किलोसमम बढी हुनसक्छ ।

तौल घटाउनु भन्दा पहिला कति तौल घटाउने हो भन्नेमा निश्चित हुन जरुरी छ । तौल घटाउन सबैले प्रयास गर्छन् तर सफल हुन सक्दैनन् । मेरो आफ्नै कुरा गर्नु पर्दा मेरो तौल ६५ हुनुपर्नेमा ७७ थियो मेरो १२ किलो तौल बढी थियो ।

बढी भएको तौलले ५ देखि १० वर्षमा मेरो शरीरमा मधुमेह, ब्लड प्रेसर , क्लोस्टोर र मुटुमा समस्या निम्त्याउन सक्छ ।

१०–२० वर्षपछि मस्तिष्क, कलेजो, पेट,फोक्सो र क्यान्सर समेत निम्त्याउन सक्छ । जति लामो समयसम्म बढी तौल लिएर बस्यो त्यति धेरै रोग लाग्ने सम्भावना रहन्छ ।

तपाईँको बढी भएको तौल ५ देखि १० प्रतिशत घटाउन सक्नुभयो भने मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ । तौल घट्ने वित्तिकै स्वास्थ्यमा धेरै सुधार आउन थाल्छन् । यसरी तौल ठीक भए बोडरलाइन सुगर र ब्लडप्रेसर भएकाले नियमित औषधि खान पनि पर्दैन ।

त्यसैले तौल घटाउन कति महत्व छ भन्ने बुझ्न जरुरी छ । तौल घटाउनु पर्छ भन्ने कुराको बारेमा धेरैलाई थाहा छ, तर पनि घटाउन सकिरहेका छैनन् । तौल घटाउनु पर्छ भन्ने लागेको छ भने एउटा संकल्प लिनुपर्छ, अनुशासनमा बस्नुपर्छ ।

तौल घटाउन भन्दै दुई–चार दिन हिँड्नुहुन्छ र त्यसपछि हिँड्न छोड्नुभयो भने तौल घटाउने सम्भवन हुन्न । केही कुरामा ध्यान दिने हो भने तौल सजिलै घटाउन सक्छौँ । पहिला तपाईँको तौल कति छ ? जो आफूलाई मोटो मान्ने व्यक्तिहरु हुन्छन् – त्यस्ता व्यक्तिको २० देखि ३० किलो तौल धेरै हुनसक्छ ।

तर यो सबै तौल सुरुकै अवस्थामा घटाउन सकिन्न र मिल्दैन पनि । वैज्ञानिकको कुरालाई मान्ने हो भने एक वर्षमा १० देखि १५ किलो तौल मात्रै घटाउनु पर्ने हुन्छ । एक महिनामा म एक किलो तौल घटाउँछु भन्ने योजनाका साथ लाग्नु भयो भने तौल घटाउन सजिलो हुन्छ र तौल घटाउँदा स्वास्थ्यमा हुने कुनै पनि समस्या देखा पर्दैन।

कसरी हुन्छ मोटोपन ?
मोटोपना के हो ? यो कसरी हुन्छ ? भन्ने बारेमा पनि बुझ्न जरुरी हुन्छ । हामीले दिनभरी खाएको खानाबाट क्यालोरी आउँछ । क्यालोरीलाई एक्सरसाइजबाट लस्ट गर्न सकेनौं भने बोसोको रुपमा शरीरमा बस्न थाल्छ ।

बोसो छालाको मुनि र पेट तथा शरीरको विभिन्न अङ्गहरु पनि टाँसिएर बसेको हुन्छ । बोसो जब तपाईँ खाना खानुहुन्न त्यो समयमा प्रयोगमा आउँछ इनर्जी र क्यालोरीको लागि प्रयोग हुन्छ । तर अनावश्यक धेरै खाएर भएको बोसोको विभिन्न किसिमको रोगहरुसँग सम्बन्ध जोडिएको हुन्छ ।

अर्काे एउटा कुरा बुझ्न के जरुरी छ भने हाम्रो शरीर सञ्चालको लागि सामान्य रुपमा क्यालोरी चाहिन्छ । मैले भन्न खोजेको हामी निदाएको समयमा पनि हाम्रो मस्तिष्क, मुटुलगायत धेरै अङ्गहरु सञ्चालनमा हुन्छन् । सञ्चालन भएका अङ्गलाई मेन्टन गर्नको लागि क्यालोरी चाहिन्छ ।

कसैलाई कम खाँदा पनि मोटोपना हुन्छ भने कसैलाई धेरै खादा पनि हुँदैन । यसको कारण भनेको व्यक्ति विशेष स्ट्रकचर, फिजियोलोजी र फङ्सन अनुसार भरपर्ने कुरा हो ।

तर थोरै खाए पनि मोटोपना हुन्छ भने के बुझ्नु पर्छ भने त्यो व्यक्तिले अलि मेहेनत गर्नुपर्ने जरुरी छ । बढी क्यालोरी हुने खानेकुरा कुरा कम खानुपर्छ । क्यालोरी खर्च हुने गरी व्यायाम गर्नुपर्छ ।

अनावश्यक खानपानलाई त्यागौँ
चिया, मिठाई, केक, बिस्कुट, मदिराजस्ता खानेकुरा सकेसम्म नखाँदा राम्रो हुन्छ । यस्ता खानेकुरालाई हामीले खानामा गन्दैनौँ तर क्यालोरी अर्थात शरीरमा बोसोको मात्रा बढाउने खानेकुराहरु भने यिनै हुन् । यस्ता खानेकुराहरु भोक नलागे पनि यतिकै खाइन्छ । यस्ता खानेकुरालाई घटाउने हो भने मोटोपना यतिकै घटाउन सकिन्छ ।

तौल बढ्ने पहिलो कारण भनेको तपाईँ अनावश्यक खानुहुन्छ । दोस्रो कारण जति खाएको खानालाई घटाउनु पर्ने अर्थात व्यायाम गर्नुपर्ने हो त्यो भएको हुँदैन । प्रायः तौल बढी भएका व्यक्तिहरुमा के कारण रहेको छ भने धेरै खाने र कम व्यायाम गर्ने । मानौ कुनै व्यक्तिको तौल ६० किलो छ । ऊ दिनमा ४ पटक खाना खान्छ र दिनमा ३ किलोमिटर हिँड्छ भने उसको तौल ब्यालेन्समा हुन्छ । खानालाई बढाइयो तर व्यायामलाई बढाइएन भने तौल अवश्य बढ्छ ।

आफ्नो दैनिक क्रियाकलापमा १० देखि १५ प्रतिशत बढाउने र खानामा १० प्रतिशत घटाउने हो भने २० देखि ३० प्रतिशत तौल नियन्त्रण हुन्छ ।

तौल घटाउने अन्य टिप्सः

–साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ । यस्ता खानाहरुमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ ।
–सलाद, फलफूल, सागपातमा जोड दिनुपर्छ ।
– हप्ता या १० दिनमा एक पटक मात्रै मासुजन्य खानेकुराहरु खादा मोटोपन घटाउन सकिन्छ ।
–शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३
राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व