Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १५, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै २० औं आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।

१४ वर्षपछि फाइनल पुगेको एपीएफले पहिलो पटक आहा रारा गोल्ड कपको उपाधि जितेको हो ।

खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् ।

मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए । घरेलु टिममा मनाङको पहिलो गोलसँगै रंगशालामा समर्थकको चर्को हुटिङ सुनियो ।

त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका थिए ।

तर इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए । मनाङका डिफेन्डरले हेडिङमार्फत फर्काएको बललाई उनले हेडिङमार्फत गोल गरेका हुन् ।

निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । तर, पटकपटक काउन्टर अट्याक प्रयास गरे पनि सफल भने हुन सकेन ।

अतिरिक्त समयको पहिलो मिनेटमा खेललाई फेरि अग्रता दिलाउने मौका मनाङले गल्ती गर्दा गुमाउन पुग्यो । अतिरिक्त समयको पहिलो मिनेटमै कर्नरबाट पाएको बल ओलावाले अपिजले गोल गरेका थिए । तर, उनले विपक्षी खेलाडीलाई धक्का दिँदै लडाउन पुगेकाले खेलका मुख्य रेफ्री नवीन्द्रमान महर्जनले गोल स्वीकृत गरेनन् । उनले सोही गल्ती अतिरिक्त समयको २० औं मिनेटमा पनि गरेका थिए ।

त्यसअघि खेलको ४० औं मिनेटमा मनाङका आदित्य चौधरी घाइते भएका थिए । हातमा चोट लागेर गम्भीर बनेपछि उपचारका लागि एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । एपीएफका क्याप्टेन नवीन लामाले प्रहार गरेको क्रस बल आदित्यको हातमा लाग्न पुग्दा उनी घाइते हुन पुगेका थिए ।

सर्वाधिक उपाधि विजेता टोली र १४ वर्षपछि फाइनल पुगेको विभागीय टोली एपीएफबीचको खेल प्रतियोगिताकै रोमाञ्चक बनेको थियो । एपीएफसँग हारसँगै मनाङको ७ औं पल्ट उपाधि चुम्ने सपना विफल भएको छ ।

मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा पुलिस २ खेलबाहेक ४ मा हार व्यहोरेको छ ।

थापाको दोहोरिएको इतिहास

१८ वर्षअघिको दोस्रो आहारारा गोल्डकपको उपाधि जित्दा कुमार थापाले टोलीको कप्तानी सम्हालेका थिए । त्यतिबेला उनको कप्तानीमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई फाइनलमा ३–१ ले हराउँदै पहिलो पटक आहारारा गोल्डकप उपाधि उचालेको थियो ।

मनाङका लागि ऐतिहासिक जित दिलाएको ठीक १८ वर्षपछि थापाकै प्रशिक्षणमा एपीएफ सोही मनाङसँग भिड्न फाइनल प्रवेश गरेको हो । थापाले यसै सिजनदेखि एपीएफको प्रशिक्षकको भूमिका सम्हाल्न आइपुगेका हुन् ।

एपीएफको टिम सम्हालेसँगै विदेशी खेलाडीलाई पहिलो पटक विभागीय टिममा समेत ल्याउँद लिग खेलाउने प्रशिक्षक बनेका छन् । उनले प्रशिक्षकको रुपमा पहिलो पटक आहा राराको उपाधि जित्दै पुनः अर्को इतिहास बनाएका छन् । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व