Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यसरी बच्न सकिन्छ जाडोमा हाडजोर्नी समस्याबाट !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १२, २०७८
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जाडो याम सुरु भइसकेको छ । यस मौसममा हाडजोर्नी समस्याले खासगरी वृद्धवृद्धालाई सताउँछ । बाथका रोगीलाई पनि जाडोमा बढी समस्या देखापर्ने हाडजोर्नी विषेशज्ञहरूको भनाइ छ । जब चिसो बढ्छ, जोर्नीहरूको दुखाइ पनि बढ्छ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ । त्यसरी रगतका नशाहरू साँघुरिदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोगसमेत लाग्ने गर्छ ।

 

बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । चिकित्सीय भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । चिसोका कारण रगतका नलीहरू साँघुरिने गर्छन् । उमेर बढ्दै जाँदा हाडजोर्नी तथा बाथ रोग देखिने गर्छ । हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेलका अनुसार बाथको समस्या एकैपटक देखिने होइन । बाल्यकालदेखि नै बाथ हुन सक्छ । उमेर बढेसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रामा सुनिन्छ । त्यसैले कम दुखाइ मात्रै हुने हो । बाथको समस्या यथावत पनि रहन सक्छ । हाडजोर्नी समस्यामा सुरुवाती अवस्थामा जोर्नीको दुखाइ र सुनिने नै हो ।

बाथमा देखिने समस्याः

जोर्नी दुखाइसँगै सुनिन पनि सक्छ भने कसैकसैलाई जोर्नी दुखाइ मात्रै हुन पनि सक्छ । पहिला एउटा मात्रै गाँठो सुनिन सक्छ । जोर्नी दुख्ने र सुनिने क्रम क्रमशः बढ्दै जान्छ ।

–जोर्नीको दुखाइलाई सामान्य ठाने हात, खुट्टाको जोर्नी विस्तारै बाङ्गिएर जटिल अवस्थामा पुग्न पनि सकिन्छ ।

–जोर्नीसम्बन्धी हुने समस्यामध्ये कम्मर दुखाइ पनि बाथ हो । बाथकै कारण अपाङ्ग हुने समस्या समेत हुने अवस्था आउन सक्छ ।

–हाड खिइएका कारण पनि बाथको समस्या आउन सक्छ ।

–प्रेसर र क्यान्सरको औषधि खाने बिरामीलाई बाथको समस्या छिट्टै निम्तिन सक्छ ।

विषेशज्ञ पौडेलका अनुसार जोर्नी तथा बाथका बिरामी तुलनात्मक रुपमा पुरुषभन्दा महिला बढी छन् । महिलाहरूमा जोर्नीमा समस्या आएसँगै हात खिइनेदेखि ढाडको बाथ पनि पछिल्लो समय बढ्दै गएको छ ।

समाधानका उपायः

– हाडजोर्नी समस्या हुन नदिन सक्रिय जीवन बिताउनुका साथै दैनिक ४०, ४५ मिनेट हिँड्ने ।

–नियमित व्यायाम गर्ने । यसले शारीरिक रूपमा सक्रिय भइ मांशपेशी र जोर्नीलाई रोगबाट बचाउन सकिन्छ ।

–बाथ रोग वंशाणु रोग पनि हुन सक्छ । त्यसैले बाथरोगी आमा बाबुबाट जन्मिएका सन्तानले हेरचाहमा सचेत हुनुपर्छ ।

–भाँडा माझ्दा, नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

–एकाबिहानै र रातीको समयमा सकभर नुहाउनु हुन्न । लुगा धुने र भाँडा माझ्ने काम दिउँसो गरियो भने चिसो कम भएर जोर्नीले सताउँदैन ।

–स्कुटर, मोटरसाइकल चलाउँदा हातमा न्यानो पञ्जा लगाउनुका साथै टोपी, मोजा लगाएर बाहिर निस्कने गर्नुपर्छ ।

–शरीर ढाक्ने तातो हुने कपडाहरू लगाउनुपर्छ ।

–गाउँघरमा भारी बोकेर उकाली ओराली गर्दा वा नियमित रूपमा क्षमताभन्दा बढी भारी बोक्दा पनि हिप जोर्नी, हात, खुट्टाको जोर्नी खिइने समस्या आउन सक्ने भएकाले ध्यान दिनुपर्छ ।

–जाडोमा हाड जोर्नी समस्या हुन नदिन खानपानमा ध्यान दिनुपर्छ । जस्तो कि ः

–झोलिलो पदार्थ नियमित खानुपर्छ ।

–सागपात, पोषणयुक्त खानेकुरा नियमित खानुपर्छ ।

–प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ ।

–हटब्यागको प्रयोग गर्ने, तेल तताएर बेलाबेलामा मसाज गरिरहनु पर्छ । माया श्रेष्ठले रातोपाटीमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व