Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आयोगले भन्दैमा पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर जान सकिँदैन : अध्यक्ष लिङ्देन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ९, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निष्कर्ष निकालेको छ । आज आइतवार पार्टी केन्द्रीय कार्यालय चावहिलमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले भन्दैमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर नजाने बताउनुभयो । उहाँले आफ्नो पार्टीको विधान संविधानको परिधिभित्र नै रहेकाले आयोगको निर्देशन पूर्वाग्रही देखिएको भन्दै उचित समयमा त्यसको जवाफ दिने बताउनुभयो । अध्यक्ष लिङ्देनले साम्प्रदायिक र धार्मिक सद्भाव बिथोलिने गरी कुनै पनि चिह्न प्रयोग गर्न पाइँदैन भनेको भनिए पनि कुनै पनि दललाई आस्थाको आधारले प्रतिबन्ध लगाउन पाउने र यस किसिमका प्रश्न उठाउन पाउने अधिकार निर्वाचन आयोगलाई नभएको तर्क गर्नुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दू राष्ट्र एवम् राज संस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावनमा एवम् भावनाको प्रतिकूल देखिएकाले त्यो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनी पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ । आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्नेसमेत निर्णय भएको छ । आयोगले संविधानमा कतै नभएको प्रश्न उठाएर पठाएको छ । हामी आयोगसँग कुरा पनि गर्छाैँ र उसलाई उचित जवाफ पनि दिन्छौँ । हामी यसमा संशोधन गर्दैनौँ, राप्रपा आफ्नो मूल सिद्धान्तलाई संशोधन गरेर जाने, निर्वाचन आयोगको त्यस प्रकारको निर्देशन मानेर जाने काम गर्दैन ।’

निर्वाचन आयोगले भने राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानका केही अंश नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ । आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ४ मा सनातन हिन्दु एवम् राज संस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भनेकाले त्यो कुरा अहिलेको प्रचलित विधानले स्वीकार गर्न नदिने भन्दै त्यसलाई हटाउन अनुरोध गरेको बताउनुभयो । उहाँले आयोगले २०७७ साल माघ ७ गते नेपालको राष्ट्रिय झन्डा, निसान छाप, राष्ट्रिय फूल, रङ, राष्ट्रिय पक्षी, राष्ट्रिय जनावर, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिरजस्ता कुरालाई राजनीतिक दललाई चिह्नको रूपमा प्रयोग गर्न नदिने निर्णय गरेको तर राप्रपाले पेस गरेको झन्डामा मध्य भागमा गाईको चिह्न रहने उल्लेख भएकाले यी दुई कुरा सात दिनभित्र सच्याएर आउन भनिएको बताउनुभयो ।

सहप्रवक्ता धमलाले राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले भनेअनुसारको विधान परिवर्तन गरेर ल्याउने कुरामा आयोग आशावादी रहेको पनि बताउनुभयो । निर्वाचन आयोगले गएको माघ २ गते राप्रपालाई आफ्नो पार्टीको विधान संशोधन गरेर सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
फ्ल्यास हेडिङ

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
फ्ल्यास हेडिङ

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

अशोज ११, २०८३
विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

अशोज ११, २०८३
पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व