प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उनले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिने तयारी गरेका हुन् । सगुन खबर बाट सभार









Discussion about this post