Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

असन्तुलित जीवनशैलीले निन्द्रा नलाग्ने समस्या बढ्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मानव शरीरका लागि निदाउनु अपरिहार्य भएपनि कहिलेकाहीं निन्द्रा लाग्दैन । निदाउन अनेक प्रयास गर्दा पनि निदाउन सकिँदैन । अहिले मानिसमा निन्द्रा नलाग्ने समस्या निकै बढेको छ ।

निन्द्रा नलाग्नुका व्यक्तिपिच्छे फरक कारण भएपनि यो आफैंमा एउटा रोग हो, जसलाई इन्सोमेनिया भनिन्छ । निन्द्रा नलाग्नु सामान्य जस्तो देखिएपनि यसले स्वास्थ्यलाई निकै हानी गरिरहेको प्राकृतिक चिकित्सक डा. मनोज ढकाल बताउँछन् ।

‘निन्द्रा नलाग्नुलाई सामान्य रुपमा लिनु हुँदैन, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । शरीरलाई स्वस्थ राख्न निन्द्राको मुख्य भूमिका हुन्छ,’ उनी भन्छन् ।

निन्द्रा मानिसका लागि अति आवश्यक भएपनि अहिले मानसिक तनाव, धुम्रपान तथा मद्यपान सेवन, कफीको सेवन, खानपान तथा अन्य धेरै कारणले मानिसमा निन्द्रा हराउँदै गएको छ । निन्द्रा हराउँदा त्योसँगै उनीहरुको जीवनशैली पनि अस्वस्थ बन्दै गइरहेको छ ।

डा. ढकाल निन्द्रा र शरीरको सम्बन्ध माछा र पानीको जस्तैै हुने बताउँछन् । ‘निन्द्राको समस्याले शरीरको अस्वस्थतालाई मात्रै बढाउँदैन यसले रोगलाई समेत बढावा दिन्छ,’ उनी भन्छन्, ‘निन्द्रा नलाग्नुलाई सामान्य नठानौं, यसले भविष्यमा स्वास्थ्यलाई निकै असर गर्छ ।’

अनिन्द्राले मानिसमा तनाव, मधुमेह, एनजाइटी, मुटुरोग, डिप्रेसन, श्वासप्रश्वास सम्बन्धी रोग, पाचन प्रणाली सम्बन्धी समस्या तथा नशा सम्बन्धी समस्या निम्त्याउने ढकाल बताउँछन् । अनिन्द्राले बाहिरी शरीरलाई मात्रै बेफाइदा गर्दैन यसले मानसिक स्वास्थ्यमा समेत असर प्रभाव गरिरहेको हुन्छ । निन्द्राका कारण तनाव बढ्ने, अल्छी लाग्ने, चिडचिडापन हुने, श्रवणशक्तिमा ह्रास आउने लगायत समस्या आउँछन् ।

मानिस स्वस्थ रहनका लागि न्यूनतम सात घण्टा निदाउनैपर्ने डा. ढकाल बताउँछन् । तर कसैकसैलाई भने सात घण्टाभन्दा कम समय सुत्दापनि निन्द्रा पुग्ने गरेको छ । त्यसैगरी स्वास्थ्यका लागि समयमै उठ्नु पनि उत्तिकै जरुरी हुन्छ ।

मानिसको शरीरको आफ्नै घडी भएको र त्यही घडीको समय अनुसार चल्न सके स्वास्थ्यमा सुधार भई विभिन्न रोगबाट बच्न सकिने ढकाल सुझाउँछन् । उनका अनुसार मानव शरीरका अंगहरुको आ–आफ्नै समय हुन्छ, उनीहरुलाई समयअनुसार काम गर्न दिनुपर्छ ।

सामान्यतया १०–११ बजे सुतेर बिहान पाँच बजे उठिसक्नुपर्छ । उठेर शारीरिक व्यायाम, कसरत तथा ध्यान योगा गर्ने बानी बसाल्नुपर्छ । मानव शरीरका अंगहरुले काम गर्ने समयमा आफ्नो स्वास्थ्यका लागि उनीहरुको रुटिन अनुसार चल्नुपर्ने उनको सुझाव छ । बिहान ३ देखि ५ बजेको समय फोक्सोको, ५–७ बजेको समय ठूलो आन्द्राको ७–९ बजेको समय पेटको, ९–११ बजे पाचन प्रणालीको, ११–१ बजे मुटुको समय, १–३ बजे सानो आन्द्राको समय, ३–५ बजे किड्नीको समय हो । यसरी मानव शरीरका विभिन्न अंगहरुलाई उनीहरुको रुटिन अनुसार चल्न दिनुपर्छ, जसले मानव शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने ढकालले बताए ।

विभिन्न तनाव, असन्तुलित खानपान, अस्तव्यस्त शहरी जीवनशैली, मोबाइलजन्य सामग्रीको अत्यधिक प्रयोगका कारण अहिले निन्द्रा नलाग्ने समस्या बढ्दै गएको छ । मानिसले स्वास्थ्यलाई ख्यालै नगरी काम र पैसाको पछि दौडेपनि त्यो पैसा अन्तिममा स्वास्थ्यमै खर्च भइरहेको डा. ढकालको तर्क छ ।

मानिसले अहिले रात्रिकालीन समयमा पनि काम गरिरहनुपरेको छ । रातको समयमा काम गर्ने प्रायःले निन्द्रा पु¥याउन दिउँसो सुत्ने चलन छ । तर डा. ढकाल निन्द्रा पु¥याउनका लागि दिउँसो सुत्नु स्वास्थ्यका लागि फाइदाजनक नभएको र त्यसले रातिको निन्द्रा परिपूर्ति गर्न नसक्ने बताउँछन् ।

‘हाम्रो शरीर दिउँसो सुत्नका लागि बनेकै होइन, हामीले स्वस्थ तन्दुरुस्त रहन राति सुत्ने हो,’ डा. ढकाल भन्छन, ‘राति काम गर्न बाध्यता भएकाहरुले पनि स्वास्थ्यका खातिर केही घण्टा भएपनि सुत्ने व्यवस्था मिलाउनुपर्छ ।’

शारीरिक तथा मानसिक रोग, वातावरण, काम, वंशाणुगत समस्या, औषधिको अत्यधिक प्रयोग, उमेर, सामाजिक सञ्जालको लत लगायतका कारण निन्द्रा नलाग्ने समस्या बढिरहेको डा. ढकाल बताउँछन् ।

निन्द्रा नलाग्ने समस्या भएकाहरुले चिकित्सकसँग परामर्श लिनुपर्ने, दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्नुपर्ने, समयमा सुत्ने र उठ्ने बानीको विकास गर्नुपर्ने ढकालको सुझाव छ । यस्तै मोबाइल, कम्प्युटर जस्ता उपकरण कम चलाउने, शान्त वातावरणमा रहने, कोठामा निलो र हरियो रंगको प्रयोग गर्नुपर्ने, कोठामा पर्याप्त हावा र आवश्यक तापक्रम मिलाउने, लागूपदार्थ सेवन नगर्ने, सुत्ने समयमा मात्रै ओछ्यानमा जाने जस्ता बानी अवलम्बन गर्नुपर्ने पनि उनी बताउँछन् । अंगद सिंहले अनलाइनखबरमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व