नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीन तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन्।
नेता महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता एकसाथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुने सामाजिक सञ्जालमा लेख्दै यस्तो धारणा राखेका हुन्।
’आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्दैन। संविधान र कानुनको मर्मअनुसार सबै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सबै राजनीतिक दलहरुका लागि नैतिक र बाध्यकारी व्यवस्था हो भन्ने कुरा सर्वविदित नै छ, नेता महरले भने, ’तसर्थ सबै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानीय (तीन तहको) निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुन्छ।’
नेपाल विद्यार्थी संघका पूर्व–अध्यक्षसमेत रहेका महरले तीनै निर्वाचनसँगै गर्न सके समय र आर्थिक हिसाबले देश र राजनीतिक दलहरुका लागि किफायती हुने उनको बताए।
साथै महरले तीन तहको चुनाव एकसाथ गर्न सके जनताको प्रतिनिधित्व गर्ने संसदलाई असंवैधानिक र अलोकतान्न्त्रिक तरिकाले बाम्बार विघटन गर्ने तथा संसद अवरुद्ध गरेर संसदीय व्यवस्थालाई बदनाम गर्ने नेकपा एमालेलाई जनताले दण्ड दिने अवसर पनि यही निर्वाचन हुनसक्ने नेता दाबी गरे। थाहा खबर बाट सभार









Discussion about this post