Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शीतलहरले कठ्यांग्रिदै नागरिक, न्यानो कपडा मात्रै वितरण गर्ने सरकारको तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ६, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शीतलहरले तराईका नागरिक कठ्यांग्रिएका बेला सरकार भने न्यानो कपडा वितरणको तयारी मात्रै देखिएको छ। तीनै तहको समन्वयमा केही रकम छुट्याएर कम्बलललगायत कपडा वितरणको तयारी रहेको गृह मन्त्रालयका कर्मचारी बताउँछन्।

‘संघीय सरकारले निर्णय गरेर शीतलहरपीडितलाई राहतलगायतका व्यवस्थापन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई दिएको छ’, विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीपकुमार कोइरालाले भने। प्रदेश सरकारले केही रकम स्थानीय तहलाई दिने, स्थानीय तहले केही रकम छुट्याएर न्यानो कपडा किनेर वितरण गर्ने काम भइरहेको कोइरालाको भनाइ छ।

शीतलहरबाट मृत्यु भए अरू विपद्कै बेलाजस्तो राहत रकम उपलब्ध गराउने व्यवस्था सरकारले गरेको छ। तर, शीतलहरबाटै मृत्यु भएको प्रमाणित चिकित्सकले गरेको हुनुपर्ने सहसचिव कोइरालाले बताए। उनका अनुसार शीतलहरबाट मृत्यु भएको विवरण चार वर्षयता प्राप्त भएको छैन। ‘मेडिकल्ली प्रमाणित गर्नुपर्ने व्यवस्था भएपछि यो डाटा आएको छैन’, उनले भने, ‘चिसोका कारणले मृत्यु होला। तर, शीतलहरबाट मृत्यु भएको भन्ने आएको छैन।’

शीतलहर बढ्दै गएकाले तराईका जिल्लाको चोकचोकमा दाउरा वितरण व्यवस्था गरिएको उनको भनाइ छ। जिल्ला वन कार्यालयमार्फत चोकचोकमा दाउरा व्यवस्थापन गर्ने निर्देशन दिएको उनले बताए। प्रत्येक जिल्लाको विपद् व्यवस्थापन कोषमा कम्तीमा ७ लाख रकम हुनुपर्ने व्यवस्था पनि सरकारले गरेको छ। ७ लाखबाट रकम घटे तत्काल मन्त्रालयमा जानकारी गराएपछि उपलब्ध गराउने व्यवस्था गरिएको छ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा प्रमुख खुमानन्द आचार्यले शीतलहरबाट नागरिकलाई जोगाउन सतर्क रहन निर्देशन दिइएको बताए। उनका अनुसार मन्त्रिपरिषद्बाटै सचेतना, राहत लगायतका विषयमा निर्णय गरेर जिल्ला जिल्लामा परिपत्र गरिएको छ। अन्नपूर्ण पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र
देश/राष्ट्रिय

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३
सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व