डडेल्धुरा जिल्लामा डडेल्धुरा स्पिकिङ आईडल २०७८ को पालिका अडिसन भएको छ ।
पालिका अडिसनको दास्रो अडिसन भागेश्वर गाउपालिकामा भएको छ । पालिका अडिसनको आयोजक भागेश्वर गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा बगरकोट रहेको छ भने प्रर्बद्धकमा जिल्ला आयोजक खबरदारी मिडिया हाउस रहेकोे छ । पालिका सहयोगीहरुमा सरस्वति नमुना माध्यमिक विद्यालय बोगटा डडेल्धुरा (कृषि प्राविधिक धार संञ्चालन), शनि देब निमार्ण सेवा, कौशल निमार्ण सेवा, स्वास्थ्य शाखा बगरकोट , समाजसेवी विनय प्रकास मल्ल, वि.पि.कन्सलिटङग प्लार्नस एण्ड डिजाईन्र्स प्रा.लि. रिभा ईनभाइरोमेन्ट एण्ड ईनिजनियिरिङग सर्भिस कञ्चनपुरर भागेश्वर किराना एण्ड स्टेसनरी डुगरि रहेका छन् ।
कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष , शिक्षक कर्मचारी,राजनिकर्मि,सुरक्षा निकायका प्रतिनिधि लयायतको उपस्थिति रहेको थियो। कोरोनाको महामारी रहेकाले कार्यक्रममा सुरक्षका मापदण्ड अपनाएर संञ्चालन गरिएको थियो । पालिका अडिसनका लागि एक विद्यालय बाट १ जना सहभागि गराईएको छ।
पालिका अडिसन बाट ३ जना छनौट भएका छन् । अडिसनमा प्रथम सुरेश कुमार शाहि ,द्धितिय सागर विष्ट र तृतीय प्रकास टेर र दामोदर नाथ भएका छन। विजयलिाई क्रमश ७००० ,५०००,३००० नगद सहित सम्मान गरिएको थियो ।









Discussion about this post