शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका छन। अतिरिक्त शुल्क लिएको विषय बाहिर आएपछि मन्त्री पौडेल बिहीबार काठमाडौं मेडिकल कलेज पुगेका थिए। सो अवसरमा मन्त्री पौडेलले कलेज प्रशासनसंग पनि अतिरिक्त शुल्क किन लिएको भन्दै प्रश्न गरेका थिए।
मन्त्री पौडेलले पीडित विद्यार्थीलाई आश्वासन दिदै भने, ‘अतिरीक्त शुल्क लिएको प्रमाणसहित एक जना प्रतिनिधि आउनुस्। सरकारले तोकेको भन्दा बढी शुल्क लिन मिल्दैन। लिएको प्रमाण पुष्टि भए कारबाही हुन्छ।’ अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post