कञ्चनपुर – साना किसान कृषि सहकारी संस्था लिमिटेड दैजीको २५“औ” वार्षिक साधारणसभा तथा रजत जयन्ती कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पुर्ण मापदण्ड पालना गर्दै संस्थाका अध्यक्ष धर्म सिंह कुवरको सभाध्यक्षतामा तथा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय लाल बहदुर खडकाको प्रमुख आतिथ्यमा बिहीबार कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका उप–प्रमुख शुसिला सिंह तथा सहकारी अभियन्ता नेपाल कृषि सहकारी संघ तथा साना किसान विकास लघु वित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा वडा अध्यक्ष, पुर्व गा.वि.स. अध्यक्ष, तथा बिभिन्न संघ, संस्था, बैंक र स्थानिय सहकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष देवराज जोशीले स्वागत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अथिति, सभापति एवम् विशिष्ट अथितिले गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष धर्म सिंह कुवरले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाका मुख्य प्रबन्धक कर्ण बहादुर धामीले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन समेत पेस गरेका छन्।

कार्यक्रममा अतिथि, विशिष्ट अथिति, संस्थापक संचालक समिति, पुर्व संचालक समिति, पुर्व लेखा समिति, प्रथम सल्लाहकार समिति तथा पूर्व गा.वि.स. अध्यक्ष र उपाध्यक्ष लागायतलाई सम्मान पत्र र दोसल्ला प्रदान गरि सम्मान गरिएको छ।
उक्त कार्यक्रममा वर्ष पुरा गरेका जेष्ठ शेयरसदस्यहरुलाई (हाल संस्थामा रहेका) सम्मान पत्र , दोसल्ला र नगद ५००० रुपयाँ प्रदान गरि तथा उत्कृष्ट कृषकहरुलाई प्रशंसा पत्र, दोसल्ला र नगद २२५० रुपयाँ प्रदान गरि समेत सम्मान गरिएको छ।

कार्यक्रममा सुदूरपश्चिमको छलिया नाच, राना होली तथा सखिया नाच जस्ता विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएका थिए।
कार्यक्रममा पाल्नु भएका समपुर्ण अथितिलाई दोसल्ला सहित मायाको चिनो प्रदान गरिएको थियो।
उक्त भव्य कार्यक्रमको संचालन र संस्थाका उपाध्यक्ष देवराज जोशी,सल्लाहकार समिति सदस्य राकेश ब. चन्द तथा संचालक समिति सदस्य जयराज जोशीले गरेका थिए।










Discussion about this post