अब सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा कोरोनाको खोप लगाएको खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसले माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको हो ।
अब सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि पनि खोपकार्ड अनिवार्य देखाउनुपर्नेछ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीडभाड कम हुने गरी उडानको व्यवस्था मिलाउनसमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनिएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post