बाजुरा – बूढीनन्दा नगरपालिका– १ स्थित रुपासैँनी भीरबाट लडेर गम्भीर घाइते भएकी १६ वर्षीया ललिता गिरीको आजसम्म उद्धार हुन सकेको छैन ।
यही असार १ गते घाँस काटिरहेका अवस्थामा सो भीरबाट एक्कासी लड्दा उनीको घाँटि तथा ढाँडमा असर पु¥याएको थियो।
अचेत अवस्थामा यहाँस्थित कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनीलाई पु¥याइएको थियो। स्वास्थ्य केन्द्रका चिकित्सक डिकेन्द्र सञ्ज्यालले किशोरीको अक्सिजन लेबल घटेको जानकारी दिँदै तत्काल अन्यत्र रिफर गर्नुपर्ने बताए ।
प्रतिकूल मौसमले हवाई उड्डयन हुन नसक्दा किशोरी गिरीको हवाई उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए। उनले भने, “ मौसम सफा हुने बित्तिकै किशोरीको उद्धार हुन्छ। जिल्लामा हेलिकप्टर आउन सकेको छैन।”
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले हवाई उद्धारमा पहल गरेको बताइएको छ । (गोदावरी न्युज बाट सभार)