सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कतारसहित चार देशका लागि राजदूत सिफारिस

काठमाडौं : सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले कतारका लागि नारद भारद्वाज, अष्टे«लियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र र स्पेनका लागि आङफुटी शेर्पालाई राजदूतमा सिफारिस गरेको हो।

यस्तै, सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत, पाटनका न्यायधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले इन्टरनेटको मूल्य समायोजनका इन्टरनेटका उपकरणमा छुट दिने निर्णय पनि गरेको जानकारी दिए।

धितोपत्र बोर्डको रजत जयन्ती, शिख धर्मका संस्थापक गुरू नानकको जन्म जयन्ती र वाङ्मय शताव्दी पुरूष सत्य मोहन जोशीको सतवार्षिक जन्मोत्सवका अवसरमा स्मारिका सिक्का टक्मरी गरी चलन–चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृतिसमेत दिएको छ।

Mahakali Polytechnic

यस्तै, मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधिसेमत स्वीकृत गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.