सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालीको भावनात्मक एकीकरण राजा महेन्द्रले गरे : अध्यक्ष थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजा महेन्द्रकै कारण नेपालको सार्वभौमसत्ता र अखण्डता सुरक्षित रहेको दाबी गरेका छन्।

राजा महेन्द्रको १००औँ जन्मजयन्तीको अवसरमा राप्रपा प्रचार विभागले गरेको कार्यक्रममा अध्यक्ष थापाले तत्कालीन अवस्थामा नेपालको राष्ट्रियता संकटमा रहेको बेला देशको राष्ट्रियता बलियो बनाई अर्ध औपनिवेशिक अवस्थाबाट मुक्त गराएको उल्लेख गरे।

आधुनिक नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरेको र भावनात्मक एकीकरण राजा महेन्द्रले गरेको उनले बताए। राजा महेन्द्रले नेपाललाई विश्व रङ्गमन्चमा चिनाएको उनको भनाई थियो।

महेन्द्रको विकासको नीति, परराष्ट्र नीति र दुरदर्शिता र नेपालको राष्ट्रियतालाई अभिभाज्य राख्ने योजना अन्तर्गतकै राजनीति व्यवस्था बाध्यात्मक रूपमा तत्कालीन परिस्थितिअनुसार लागू गरेको दाबी गरे।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.