सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका हुरीपीडितलाई सरकारले राहत उपलब्ध गराउने

काठमाडौं : कैलाली र कञ्चनपुरमा गतहप्ता वर्षासँगै आएको हुरीपीडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने भएको छ। कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा भएको छलफलले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारले मृतकका परिवारलाई विपद् व्यवस्थापन समितिबाट एक लाख राहत उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको छ। यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट मृतकका परिवारलाई एक लाख ५० हजार, घरपूर्ण क्षति भएका परिवारलाई २० हजार र घर आंशिक क्षति भएका परिवारलाई १० हजार दिने निर्णय भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेकोले पूर्णविवरण प्राप्त भइसकेपछि थप राहत उपलब्ध गराउने जनाइएको छ। छलफलमा सांसद झपट बहादुर रावल, निरुदेवी पाल, नरबहादुर धामी, लक्ष्मी चौधरी, निरादेवी जैरु र विनादेवी बुढाथोकीलगायत थिए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.