सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री रोजगार कार्यक्रमः रोल्पामा तीन करोड बजेट असारमै खर्चिंदै

रोल्पा- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोल्पाका दशवटै स्थानीय तहले एकै किसिमको काममा असारमै तीन करोड १४ लाख रुपैयाँँ बजेट खर्चिंदै छन् । पोखरी सुधार, मुहान संरक्षण, बाटो मर्मत, नाला निर्माण, कुलो सफाइजस्ता काममा रकम खर्च हुँदै छ ।
एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा अहिलेसम्म काम सुरु भएको छैन । बजेट ढिलो गरी आएको र कर्मचारी अभावका कारण समस्या रहेको स्थानीय तहका प्रमुखहरू बताउँछन् । ‘बजेट भर्खर आएको छ, कर्मचारी पनि छैनन् । जसोतसो खर्चिने योजना बनाउँदै छौँ,’ त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भन्छन्, ‘बजेट फ्रिज पनि नहोस्, काम पनि राम्रो होस् भन्ने हिसाबले लागिरहेका छौँ ।’

सुनसरीका अधिकांश स्थानीय तहमा अझै पुगेनन् कार्यक्रम संयोजक

सुनसरीका अधिकांश स्थानीय तहमा रोजगार कार्यक्रमका संयोजकहरू पुगेका छैनन् । केही स्थानीय तहले बेरोजगारको लगत वडाबाट संकलन सुरु गरे पनि रोजगार संयोजक नहुँदा काम अघि बढेको छैन । धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा हालसम्म रोजगार संयोजक नआएको धरानका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । ‘बजेट खर्च गर्ने सबै अधिकार रोजगार संयोजकलाई दिइएको छ । हालसम्म पठाएको छैन । सरकारले हामी आफैँ नियुक्ति गर्छौँ भन्दा पनि दिएको छैन,’ उनले भने ।

बगैँचा गोडमेल र सरसफाइमा खटाउँदै

बाँके/ बाँकेका ८ स्थानीय तहमध्ये खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन् । खजुरा गाउँपालिकाले ६० युवालाई रोजगारी दिएको छ । बजेट पाए पनि योजनाविहीन गाउँपालिकाले ती युवालाई गाउँपालिका कार्यालय परिसरमा सरसफाइ र बगैँचा गोडमेलमा खटाएको छ । त्यस्तै, कोहलपुर नगरपालिकाले दुई सय २५ युवालाई रोजगारीमा खटाएको छ । उनीहरूले पनि धुले सडकमा झाडु लगाउने र ढलवरिपरिको झार उखेल्ने काम पाएका छन् । केही कोहलपुर–नेपालगन्ज सडक पेटीमा वृक्षरोपणमा लागेका छन् । नेपालगन्ज उपमहानगरपालिका, नैनापुर, राप्तीसोनारी, जानकी र बैजनाथ गाउँपालिकाले भने कार्यक्रम नै सुरु गरेका छैनन् ।

Mahakali Polytechnic

तालिम र सीपविनै काममा खटिँदै श्रमिक

World Link Ads

बाग्लुङ/ बाग्लुङको ताराखोला गाउँपालिका–३ हिलका भीमबहादुर थापा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दैनिक सडक मर्मतमा व्यस्त छन् । उनको समूहमा १५ जना छन् । तर, उनीहरूले यो काम यसअघि न कहिल्यै गरेका थिए, न तालिम नै लिएका थिए । ‘हामीलाई सीधै गाउँपालिका बोलाइयो, अनि बुट, हेल्मेट र पञ्जा दिएर काममा खटाइयो,’ भीमबहादुरले भने, ‘काम कसरी गर्ने भन्ने सिकाइएन, पहिले पनि गरेकै होइन ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पनि श्रमिकलाई कुनै तालिम नदिएको स्वीकार गरे । गाउँपालिकाले पाँच वडामा आठ समूह बनाएर सडक मर्मतमा खटाएको छ । बडिगाड र पश्चिम तमानाखोला गाउँपालिका तथा जैमिनी र बाग्लुङ नगरपालिकामा कार्यक्रम सुरु भएको छैन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.