सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओलीलाई प्रकाशमानको चेतावनीः सत्तामा बसेर नमात्तिनुस्, राणा र राजाकै हालत होला

शनिबार, २५ जेठ

दैलेख– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तामा बसेर अमर्यादित भाषा नबोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

दैलेख बजारमा आयोजित कांग्रेसको जागरणसभालाई सम्बोधन गर्दै नेता सिंहले राणादेखि राजासम्मले कांग्रेसलाई मुठिभरको तत्व भनेको कुरा सम्झन आग्रह गर्दै मुठिभर भनिएको कांग्रेसका अगाडि राणा र राजाहरुको के हालत भयो भने।

आज सतामा बसेर एउटा चुनाव जित्दैमा कांग्रेसका विरुद्धमा अमयार्दित भाषा बोल्नेहरुलाई हिजो कांग्रेस हात समातेर सिंहदरबार भित्र्याएको कुरा सम्झन आग्रह गर्दै सिंहले भने, ‘कांग्रेस जनमतको सम्मान गर्ने पार्टी हो। सत्ता सञ्चालकको जिम्मेवारी पाउँदा आफ्नो विगत फर्केर हेर्नस् ओलीजी। म तपाईलाई सचेत गराउन चाहन्छु।’ सत्ताको उदमातमा भुलेर संविधान केही हैन, म नै सबैथोक हो भनेर प्रस्तुत हुँदै गर्दा धेरै तानाशाहले पनि यस्तै गरेर पतन भएको कुरा पनि उनले स्मरण गराए।

Mahakali Polytechnic

सिंहले मुलुकको सबैभन्दा भरपर्दाे पार्टी कांग्रेस मात्र भएको दाबी गरे। आज सम्मका सबै राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा सम्भव भएको कुरा ख्याल राख्न आग्रह गर्दै उनले एउटा निर्वाचनको नतिजालाई हेरेर निराश नहुन नेता कार्यकर्तालाई आग्रह गरे।

World Link Ads

मुलुकका सामु अझै गहन चुनौती रहेकाले सबै राजनीतिक दल जिम्मेवार बन्न नसके परिस्थिती गम्भीर हुने कुरा ख्याल राख्नसमेत उनले अपिल गरे। वर्तमान सरकार प्रचारबाजी र भाषणमा मात्र रमाएको, आर्थिक क्षेत्रको सुधारको कुनै कार्ययोजना ल्याउन नसकेको, कुहिरोमा हराएको, अल्मलिन पुगेको उनको आरोप छ। कांग्रेसका सामु मुलुक समाल्ने जिम्मेवारी फेरि पनि आउने भएकाले कांग्रेसजनहरुलाई पार्टी संगठन निर्माणमा प्रभावकारी रुपमा जुट्न आग्रह गरे। बलियो कांग्रेसबिना अधिनायकवाद बिरुद्ध लड्न नसकिने भएकाले संगठन निर्माणमा जुट्न समेत उनले निर्देशन दिए।
साभार नागिरकबाट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.