सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेमारमाथि बलात्कारको आरोप

ब्राजिलियन स्टार स्ट्राइकर नेमारमाथि बलात्कारको आरोप लागेको छ। फ्रान्सको पेरिसस्थित एक होटलमा नेमारले आफूसँग इच्छाविपरीत यौन सम्बन्ध राखेको भन्दै एक ब्राजिलियन महिलाले राजधानी साओ–पाउलोमा उजुरी दर्ता गरेकी हुन्। प्रहरीमा दर्ता गरेको उजुरीमा उनले आफूले नेमारलाई इन्स्टाग्राममार्फत चिनेको बताएकी छिन्। उनको परिचय भने सार्वजनिक गरिएको छैन।

स्पेनिस क्लब बार्सिलोना छाडेर गत वर्ष फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका नेमारकै आग्रहमा ब्राजिलकी ती महिला गत मेमा पेरिस पुगेकी थिइन्। उनलाई नेमारले नै हवाई टिकट उपलब्ध गराएका थिए र पेरिसको साफिटेल होटलको कोठा बुक गरिदिएका थिए।

ती महिलाले आफू पेरिसको होटल पुगेपछि नेमार पनि रक्सीले मातेर होटलमा आएको दाबी गरेकी छिन्। नेमारसँग केही बेर कुराकानी गरेपछि आफूले असहज महसुस गरेको तर नेमारले आक्रोशित बनेर यौन सम्बन्ध बनाएको उनको दाबी छ। आफू दुई दिन पेरिस बसेर ब्राजिल फर्केको उनले स्पष्ट पारेकी छिन्।

आफूमाथि फ्रान्समा बलात्कार भए पनि डरका कारण स्वेदश फर्केर उजुरी दर्ता गरेको उनले बताएकी छिन्। तर, नेमारले भने यो आरोपलाई अस्वीकार गरेका छन्। उनले केही वकिलले आफूसँग पैसा धुत्न महिलालाई प्रयोग गरेको आरोप लगाएका छन्। उनका पिता नेमार डोस सान्तोसले छोरालाई फसाउन यो घटना रचिएको दाबी गरेका छन्।

Mahakali Polytechnic

उनले ती युवतीसँग नेमारको ह्वाट्सएपमा भएको कुराकानी सार्वजनिक गर्न आफूहरू तयार रहेको बताएका छन्। २७ वर्षका नेमार कोपा अमेरिकाको तयारीका लागि अहिले ब्राजिलमै छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.