सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा चार दिनमै ३१ करोड खर्च, अझै तीन अर्व विकास बजेट बाँकी

धनगढी–आर्थिक वर्षको अन्तिममा कैलाली जिल्लामा सरकारी कार्यालयहरुको खर्च ह्वात्तै बढेको छ। जिल्लामा पछिल्ला चार दिनको अवधीमा मात्रै ३१ करोड खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार पछिल्ला चार दिनमा ३१ करोड २५ लाखको निकासी विभिन्न निकायलाई गएको जनाएको छ। यद्यपी अहिले पनि पुँजीगत (विकास) खर्चको अवस्था भने निराशाजनक छ। पछिल्ला चार दिनमा निकासा भएको सवा ३१ करोड मध्ये २९ करोड ९० लाख भने चालु तर्फको बजेट हो। पछिल्ला चार दिनमा पनि पुँजीगत बजेट एक करोड ३५ लाख ३० हजार मात्रै निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदन पाण्डेयले बताए।

पुँजीगत तर्फ १५ गते ३ लाख ७ हजार, १६ गते एक करोड १५ लाख, १७ गते ७२ हजार र १९ गते १६ लाख ५१ हजार मात्रै निकासा भएको उनले बताए। चालु तर्फ भने १५ गते २४ लाख ८६ हजार, १६ गते २ करोड ३५ लाख, १७ गते २ करोड ४५ लाख र १९ गते २४ करोड ८५ लाख निकासा दिएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ। यो तथ्याङकलाई हेर्दा कैलालीमा दैनिक ३४ लाख विकास बजेट खर्च भईरहेको छ भने ७ करोड ४८ लाख चालु तर्फको बजेट खर्च भईरहेको छ। अहिले सम्म कैलालीमा विकास बजेट साढे ४९ प्रतिशत मात्रै खर्च भएको छ। ६ अर्व ९ करोड विकास बजेट रहेकोमा अहिले सम्म ३ अर्व एक करोड मात्रै खर्च भएको छ।

सरकारले विकास खर्चमा देखिएको समस्या न्यूनीकरणका लागि संवैधानिक व्यवस्थाअनुसार १५ जेठमै बजेट ल्याउने अभ्यास थाले पनि त्यसबाट कैलाली जिल्लामा बजेट खर्चमा कुनै सुधार भने हुन सकेको छैन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.