सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकार !! ‘मझगाँउ विमानस्थल सुचारुका लागि बजेट खोई ?’

मदन गिरी
महेन्द्रनगर १७ जेठ ।
विमानस्थल पुनः सञ्चालनको माग राख्दैँ संघर्ष समिति बनाएर आन्दोलित बनेका छन् । उनिहरुले केन्द्र सरकारको बजेट विनियोजन भए लगतै ‘मझगाँउ विमानस्थललाई बजेट खोई’ भन्दै महेन्द्रनगर बजार क्षेत्रमा शुक्रबार शान्तीपुर्ण विरोध ¥याली निकालेका छन् ।

संघर्ष समितिका सदस्य चन्द्रदेव बडुले चुनावका बेला विमानस्थल सञ्चालन मुख्य मद्धा बनाईए पनि कार्यान्वयनका लागि कुनै पहल नभएको बताए ।
विरोध कार्याक्रममा स्थानीय ठुलो सहभागीता रहेको थियो । उनले विमानस्थल पुनः सञ्चालनका लागि सरकारलाई दबाव दिन चरणबद्ध रुपमा आन्दोलन गरिने बताए ।

असुरक्षाका कारण देखाउँदै २०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल बन्द हुन पुगेको थियो। ‘हरेक दलहरुका चुनावी प्रतिबद्धतामा मझगाउँ विमानस्थल पुनः सञ्चालन हुने विषय प्राथमिकतामा परेको भए पनि अहिलेसम्म यो सञ्चालनमा आउन सकेको छैन’, सङ्घर्ष समितिका संयोजक रमेश चन्दले भने, ‘अब सामूहिक रुपमा एकताबद्ध भई पुनः सञ्चालनको अभियानमा सबैले हातेमालो गर्नु जरुरी छ ।’

उनले कञ्चनपुरवासीले झण्डै दुई दशकदेखि धनगढी र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गरिरहनुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘यहाँ विमानका लागि यात्रु पुग्दैनन् भन्ने पनि छैन,’ चन्दले भने, ‘आवश्यक भौतिक पूर्वाधारको सदुपयोग गरेर विमानस्थल सुचारु गर्नु जुरुरी छ।’

विमानस्थल सञ्चालनका चासो नहुँदा लामो समयदेखि गौचरणमा परिणत भएको छ । विमानस्थल सञ्चालनपछि भारतको राजधानी नयाँ दिल्लीसम्मको अन्तर्रा्ष्ट्रिय उडान गराउन सके सुदूरपश्चिमको पर्यटनको विकासका लागि ठूलो टेवा पुग्ने विश्वास लिईएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.