Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपद्को पूर्वसूचनाका लागि नेपालमै विकसित प्रविधिको सफल परीक्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८३
विपद्को पूर्वसूचनाका लागि नेपालमै विकसित प्रविधिको सफल परीक्षण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विपद्को समयमा नागरिकलाई तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ’ (सीबीएस) प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ।

विपद्का बेला छिटो, सरल र प्रभावकारी रूपमा सूचना प्रवाह गरी मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित सोमबार साँझ प्रणालीको पहिलो चरणको परीक्षण गरिएको हो।

गृहमन्त्री सुधन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा परीक्षण सम्पन्न भएको हो। नेपाली प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यो प्रविधिलाई विपद् पूर्वसूचना प्रणाली सुदृढीकरणको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यस प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनहरूमा एकैपटक आपतकालीन सूचना पठाउन सकिन्छ। प्रारम्भिक परीक्षण सफल भएपछि अब पोखरामा एनसेलको सञ्जालमार्फत थप परीक्षण गरिने तयारी छ।

त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो प्रविधिबाट सिमकार्ड वा इन्टरनेट नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा आपतकालीन सन्देश प्राप्त हुन सक्छ।

सामान्य एसएमएसभन्दा फरक प्रविधि भएकाले नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत छोटो समयमै ठूलो संख्यामा मोबाइल उपकरणमा सूचना पुर्‍याउन सकिन्छ। नेपालजस्तो बहुविपद् जोखिमयुक्त मुलुकमा यस प्रणालीको प्रयोगले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दशौं राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुँदै
खेलकुद

दशौं राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुँदै

मंसिर ८, २०८३
ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का
National News

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का

मंसिर ८, २०८३
नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा
अन्तर्राष्ट्रिय राजनीति

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद्को पूर्वसूचनाका लागि नेपालमै विकसित प्रविधिको सफल परीक्षण

विपद्को पूर्वसूचनाका लागि नेपालमै विकसित प्रविधिको सफल परीक्षण

मंसिर ८, २०८३
दशौं राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुँदै

दशौं राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुँदै

मंसिर ८, २०८३
ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का

मंसिर ८, २०८३
नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३
बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

मंसिर ७, २०८३
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व