काठमाडौं । लगातार १० दिनसम्म घटेको सुनचाँदीको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ।
आइतबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको थियो। गत कात्तिक २७ गतेदेखि सुनको मूल्य निरन्तर घट्दै आएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत एक वर्षयताकै न्यून विन्दुमा पुगेको सुनचाँदीको मूल्य आज पुनः उकालो लागेको छ।










Discussion about this post