चीन । चीनमा पखेटाविना उड्न सक्ने कारको प्रोटोटाइपको पहिलो परीक्षण उडान सफल भएको छ।
मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सा सहरमा उक्त कारले सफल उडान गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
विशेष मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रविधिमा आधारित यस कारमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिट बाहिरी आवरणभित्रै राखिएको छ।
एक जना यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम छ भने यसले १२० किलोग्रामसम्म भार बोक्न सक्छ।
परीक्षण सफल भएसँगै व्यक्तिगत हवाई यातायातका लागि उड्ने कारको विकासमा नयाँ सम्भावना खुलेको अपेक्षा गरिएको छ।










Discussion about this post