Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राम–सीताको सम्बन्ध जोड्दै जनकपुर–अयोध्या रेल सेवा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ७, २०८३
राम–सीताको सम्बन्ध जोड्दै जनकपुर–अयोध्या रेल सेवा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । रामायणसँग जोडिएका नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्या अब रेलमार्गबाट जोडिने भएका छन्। यसले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याबीच रेल सेवा सञ्चालन हुन लागेको विषयलाई धार्मिक पर्यटन प्रवर्द्धन र दुई देशबीचको सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ।

भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पीआईबी) का अनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ।

निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।

त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ।

रेल सेवाका लागि जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी तोकिएका छन्। ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्नेछन्।

उत्तर रेल्वेअन्तर्गत लखनउ मण्डल रेल प्रबन्धक कार्यालयले जारी गरेको निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई आज दिउँसो हरियो झन्डा देखाएर सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

धार्मिक पर्यटन र आर्थिक विकासको अपेक्षा

जनकपुरधाम र अयोध्या रामायणसँग सम्बन्धित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक केन्द्र हुन्। यी दुई सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएपछि धार्मिक पर्यटक तथा श्रद्धालुको आवागमन सहज हुने र रामायण सर्किटको अवधारणालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका नेता तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न रेल सेवा कोसेढुङ्गा साबित हुने बताए।

उनका अनुसार रेल सेवा सञ्चालनले धार्मिक पर्यटनसँगै नेपाल–भारतबीच जनस्तरको सम्बन्ध विस्तार गर्नेछ। यसबाट मधेस प्रदेशको कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले रेल सेवाले दुवै देशका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकको आवागमन बढाउने बताए। उनले जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

धार्मिक पर्यटकको सङ्ख्या बढेसँगै होटल, यातायात, पर्यटक पथप्रदर्शक तथा हस्तकला व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ। त्यसका लागि पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास, सुरक्षा र यातायात व्यवस्थापनमा सुधार गर्नुपर्ने उनले बताए।

जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले लामो समयदेखि पहल हुँदै आएको रेल सेवा सञ्चालनको चरणमा पुग्नु खुसीको विषय भएको बताए। उनले सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच नीतिगत निर्णय, प्रशासनिक समन्वय तथा पूर्वाधार व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनुषाका संयोजक दीपक यादवले जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्ने पहलले धार्मिक तथा सांस्कृतिक पर्यटनको नयाँ सम्भावना खोल्ने बताए।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। यही रेल सञ्जाललाई आधार बनाएर जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो।

नयाँ रेल सेवाले मधेस प्रदेशको पर्यटन विकास, स्थानीय रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार तथा नेपाल–भारतबीचको सामाजिक र सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल
फ्ल्यास हेडिङ

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मंसिर ७, २०८३
सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि
अर्थतन्त्र

सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

मंसिर ७, २०८३
उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु
कला/संस्कृति

उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

मंसिर ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मंसिर ७, २०८३
सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

मंसिर ७, २०८३
उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

मंसिर ७, २०८३
पखेटाबिनै आकाशमा उड्यो चीनको नयाँ कार

पखेटाबिनै आकाशमा उड्यो चीनको नयाँ कार

मंसिर ७, २०८३
राम–सीताको सम्बन्ध जोड्दै जनकपुर–अयोध्या रेल सेवा

राम–सीताको सम्बन्ध जोड्दै जनकपुर–अयोध्या रेल सेवा

मंसिर ७, २०८३
सेयर बजारमा गिरावट, प्रि–ओपनमै नेप्से घट्यो

सेयर बजारमा गिरावट, प्रि–ओपनमै नेप्से घट्यो

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व