काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ।
यस सेसनमा नेप्से परिसूचक ४.२६ अंकले घटेर २ हजार ६१७.०२ विन्दुमा झरेको हो।
प्रि–ओपन सेसनमा ५३ वटा कम्पनीका ९ हजार ३७१ कित्ता सेयर खरिदबिक्री भएका छन्। उक्त कारोबारबाट कुल २८ लाख १८ हजार ८९२ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २६ वटाको मूल्य घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।










Discussion about this post