Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ४, २०८३
निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउने प्रमुख जिम्मेवारी सरकारको भएको बताएका छन्।

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको वातावरण निर्माण गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्रै नभएको बताएका हुन्।

उनले सरकारले समयमै आवश्यक पहलकदमी लिएर राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिए। निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न सरकार सबै राजनीतिक दल र प्रतिपक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

सरकारले राजनीतिक दल तथा प्रतिपक्षलाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाउँदै थापाले निर्वाचनका सन्दर्भमा यस्तो व्यवहार स्वीकार्य नहुने स्पष्ट पारे।

उनले निर्वाचन निष्पक्ष बनाउने विषयमा सबैभन्दा ठूलो जिम्मेवारी सरकारकै हुने उल्लेख गर्दै अन्य विषयमा राजनीतिक दललाई बेवास्ता गरे पनि निर्वाचनको सवालमा त्यसो गर्न नमिल्ने बताए।

गत वर्ष भदौ २३ र २४ गतेका अप्रत्याशित घटनापछि उत्पन्न परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहजीकरण महत्त्वपूर्ण रहेको उनले स्मरण गराए।

त्यसबेला निर्वाचन आयोगले मात्रै निर्वाचन सम्पन्न गराउन सम्भव नरहेको भन्दै उनले तत्कालीन सरकारले दलहरूसँग निरन्तर संवाद गरेकै कारण निर्वाचनको वातावरण निर्माणमा सहयोग पुगेको बताए।

आगामी स्थानीय तह र प्रदेशसभाको निर्वाचनका लागि पनि सरकारले आफैँ पहलकदमी लिनुपर्ने उनको आग्रह छ। यस विषयमा निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए।

त्यस्तै, निर्वाचनको मिति र प्रक्रियाबारे संविधान तथा कानुनमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै थापाले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै समयमा गर्ने विषयमा थप छलफल आवश्यक रहेको बताए।

विशिष्ट परिस्थितिमा दुवै निर्वाचन एकै मितिमा गर्न सकिने सम्भावनाबारे राजनीतिक दलहरूबीच पर्याप्त बहस र सहमति हुनुपर्ने उनको भनाइ छ।

निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सरकार, निर्वाचन आयोग तथा राजनीतिक दलबीच आवश्यक समन्वय र सहकार्य अपरिहार्य रहेको थापाले बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टस जितेर नेपालले रोज्यो फिल्डिङ
खेलकुद

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो
अर्थतन्त्र

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३
वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव
फ्ल्यास हेडिङ

वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

मंसिर ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३
वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

मंसिर ४, २०८३
सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

मंसिर ४, २०८३
नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

मंसिर ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व