काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१.२९ विन्दुमा झरेको हो।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको थियो। उक्त दिन ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
शुक्रबार ३५२ वटा कम्पनीका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँको कारोबार भएको छ।
यस दिन कारोबारमा आएका कम्पनीमध्ये ८९ वटाको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
डोल्टी पावरको सेयर मूल्य सर्वाधिक ५.१४ प्रतिशतले बढेको छ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ४.२६ प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको १४ करोड, रिलायन्स स्पिनिङ मिल्सको ११ करोड तथा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन र एनआईसी एसिया बैंकको १०/१० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन बैंकिङ र म्युचुअल फन्ड समूहको उपसूचकमा वृद्धि भएको छ भने बाँकी समूहका उपसूचक घटेका छन्।










Discussion about this post