Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ४, २०८३
नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

न्युजिल्यान्ड । नेपाल र न्युजिल्यान्डबीच व्यापार तथा लगानीका अवसर विस्तार गर्न सरकारी र निजी क्षेत्रबीच औपचारिक सहकार्य आवश्यक रहेको व्यवसायीहरूले बताएका छन्।

न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्स (एनजेडएनसीसी)ले अकल्यान्डमा आफ्नो १०औँ वार्षिकोत्सव मनाउँदै दुई देशबीच आर्थिक सहकार्य, व्यापार तथा लगानीका सम्भावनाबारे छलफल गरेको हो।

‘क्लाइम्बिङ न्यु हाइट्स’ अर्थात् ‘नयाँ उचाइतर्फको यात्रा’ नारासहित आयोजित कार्यक्रममा नेपाल र न्युजिल्यान्डबीच सरकारी तह (जीटुजी) तथा निजी क्षेत्र (बीटुबी) मार्फत सहकार्य विस्तार गर्ने विषय उठाइएको थियो।

कार्यक्रममा एनजेडएनसीसी र अकल्यान्ड बिजनेस चेम्बरबीच व्यापारिक सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षरसमेत भएको छ। समझदारीपत्रमा एनजेडएनसीसीका अध्यक्ष राज महर्जन र अकल्यान्ड बिजनेस चेम्बरकी प्रमुख सञ्चालन अधिकृत लेआ गेट्सले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा अकल्यान्ड बिजनेस चेम्बरकी गेट्सले समझदारीले दुवै देशका व्यवसायीलाई एकअर्काको बजार र लगानीका अवसरसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

एनजेडएनसीसीका पूर्वअध्यक्ष लालबहादुर केसीले नेपाल र न्युजिल्यान्ड सरकारबीच औपचारिक व्यापारिक सम्झौता गर्नुपर्ने आवश्यकता औँल्याए। त्यस्तै, पूर्ववाणिज्यदूत दिनेश खड्काले चेम्बरका कार्यक्रमले नेपाली व्यवसायीलाई मार्गदर्शन प्रदान गरेको बताए।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना सन्देश पठाउँदै चेम्बरको एक दशकको यात्रा दुई देशबीच व्यावसायिक तथा आर्थिक सम्बन्ध सुदृढ बनाउने प्रयासको उपलब्धि भएको उल्लेख गरे।

चेम्बरका अध्यक्ष राज महर्जनले दुई देशका व्यवसायीबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्न संस्था सक्रिय रहने बताए।

कार्यक्रममा प्राविधिक तथा उच्चशिक्षा क्षेत्रमा नेपाल र न्युजिल्यान्डबीच हुन सक्ने सहकार्यका सम्भावनाबारे दुईवटा तथ्यपत्रसमेत प्रस्तुत गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा
फ्ल्यास हेडिङ

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ
खेलकुद

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो
अर्थतन्त्र

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३
वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

मंसिर ४, २०८३
सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

मंसिर ४, २०८३
नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

मंसिर ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व