Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ४, २०८३
सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

धनगढी : डडेल्धुराको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व ‘बडाल जाँत’ सुरु भएको छ। गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा बिहीबार राति रतेडी मेला सम्पन्न भएपछि आज मुख्य मेला अर्थात् दिउँसेडी सुरु भएको हो।

कात्तिक शुक्ल एकादशीको राति विशेष पूजाआजा गरी जाग्राम बस्ने परम्परा रहेको यस मेलामा कात्तिक शुक्ल द्वादशीका दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गर्ने गरिन्छ। यसरी दर्शन तथा पूजाआजा गरेमा मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बडाल जाँतमा नाङ्गो तरबार नचाउँदै चौलो खेल्ने परम्परा विशेष आकर्षणका रूपमा रहेको छ। भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मुख्य मेला शुभारम्भ हुने परम्परा छ।

प्राचीनकालदेखि चल्दै आएको यस जाँतमा छलिया नाच, देवीदेवताको दर्शन तथा आशीर्वाद लिने परम्परा पनि रहेको छ। मेलामा दाइना, दमाहा, रुईसिंग र भोकरलगायतका परम्परागत बाजागाजाको तालमा स्थानीयहरू हातमा तरबार लिएर चौलो खेल्दै गाँज नचाउने गर्छन्।

तरबारसहित खेलिने चौलो नाचका कारण बडाल जाँत सुदूरपश्चिमको मौलिक कला, संस्कृति र धार्मिक पहिचानका रूपमा स्थापित हुँदै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा
फ्ल्यास हेडिङ

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ
खेलकुद

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो
अर्थतन्त्र

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३
वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

मंसिर ४, २०८३
सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

मंसिर ४, २०८३
नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

मंसिर ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व