धनगढी : निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ। राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले दुई चरणमा निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको हो।
निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू सहभागी भएका थिए।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छलफलका लागि आयोग पुगेका थिए। तर, उनले पार्टीका तर्फबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिएका थिए।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने सोही वर्ष मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो।
आयोगको प्रस्ताव कार्यान्वयन भएमा आगामी निर्वाचन दुई फरक समयमा हुनेछ।










Discussion about this post