काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको छ । पछिल्लो मूल्य घटेसँगै सुनचाँदी बजारमा कारोबार गर्ने उपभोक्ता तथा व्यवसायीको चासो बढेको छ ।










Discussion about this post