काठमाडौं । नेपाली सेयर बजारमा गिरावट आउने क्रमले निरन्तरता पाएको छ। अघिल्लो दिन मंगलबार १२.७९ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि ११.०५ अंकले घटेर बन्द भएको छ। बजार घटेसँगै कारोबार रकममा समेत कमी आएको छ।
आज ३४७ वटा कम्पनी तथा स्क्रिप्सका १ करोड ६२ हजार ६०५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
आज कारोबारमा आएका स्क्रिप्समध्ये ७० वटाको मूल्य बढेको छ भने १९९ वटाको मूल्य घटेको छ। बाँकी १० वटाको मूल्य स्थिर रहेको छ। बजारमा दोहोरो अंकको गिरावट आए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य सर्वाधिक ३.२६ प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी सबल योजनाको सेयर मूल्य ३.१७ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ३२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, सेन्ट्रल फाइनान्सको १८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड, सुपर मादी हाइड्रोपावरको ११ करोड र घलेम्दी हाइड्रोको १० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
आज बैंकिङ र म्युचुअल फण्ड समूहका उपसूचकबाहेक बाँकी सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्।










Discussion about this post