काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ। सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँले घटेको थियो।
लगातार दुई दिनदेखि सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा दुवै बहुमूल्य धातुको मूल्यमा गिरावटको क्रम जारी रहेको छ।










Discussion about this post