Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २०, २०८३
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे शुरु हुनेछ । दुवै टोली जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन् ।

दुवै टोलीले समान चार अंक जोडेका छन् । तर रनरेटका आधारमा कर्णाली सुदूरपश्चिमभन्दा अगाडि छ । तीन खेल खेलेको कर्णालीले दुई जित र एक हारसहित अंक तालिकाको तेस्रो स्थान ओगटेको छ ।

यता चार खेल खेलेको सुदूरपश्चिमले पनि दुई जित र दुई हार व्यहोरेको छ । रनरेटमा पछि पर्दा टोली तालिकाको छैटौँ स्थानमा रहेको छ ।

आजै बेलुकी ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ । तीन खेल खेलेको पोखराले अहिलेसम्म जित निकाल्न सकेको छैन । अंकविहीन पोखरा तालिकाको पुछारमा छ । पोखरा आज प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

त्यस्तै, तीन अंकसहित तालिकाको सातौँ स्थानमा रहेको चितवन पनि दोस्रो जितको खोजीमा हुनेछ । चितवनले एक खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ । टोलीको एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यसअघि हिजो भएका खेलमा काठमाण्डौ गोर्खाजले विराटनगर किङ्ग्सलाई पराजित गरेको थियो भने लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई हराएको थियो ।

आजका दुवै खेलले अंक तालिकाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी
फ्ल्यास हेडिङ

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३
विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी
फ्ल्यास हेडिङ

विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

कार्तिक २०, २०८३
सुनचाँदीको मूल्यमा गिरावट
अर्थतन्त्र

सुनचाँदीको मूल्यमा गिरावट

कार्तिक २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३
विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

कार्तिक २०, २०८३
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

कार्तिक २०, २०८३
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

कार्तिक २०, २०८३
एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

कार्तिक २०, २०८३
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व