काठमाण्डौ । बझाङको केदारस्युँ गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आज बिहान केदारस्युँ गाउँपालिका–७ स्थित भामचौरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा १० देखि १२ जनासम्म सवार रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।










Discussion about this post