काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।
भ्रमणका क्रममा परराष्ट्र सचिव राई र मिश्रीबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्नुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।
मिश्रीको यो तेस्रो औपचारिक नेपाल भ्रमण हो । उहाँ भोलि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।
यसैबीच, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुग्नुभएको छ ।










Discussion about this post