Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १७, २०८३
ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले एलपी ग्यास उद्योगको संख्या र ब्रान्ड घटाएर बजार व्यवस्थित गर्ने योजना अघि बढाए पनि उद्योगीहरूले कानुनी संशोधन र नीतिगत सहजीकरणबिना मर्जर सम्भव नभएको बताएका छन्।

नेपालमा हाल ५८ वटा एलपी ग्यास ब्रान्ड सञ्चालनमा छन्। ती ब्रान्ड करिब ३० देखि ३५ जना व्यवसायीको स्वामित्वमा रहेको उद्योगीहरूको भनाइ छ। एउटै सञ्चालकका नाममा चार–पाँचवटासम्म उद्योग सञ्चालनमा रहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था छ।

नेपाल आयल निगमले एउटै सञ्चालकका नाममा रहेका धेरै उद्योगलाई एकीकृत गरी सीमित ब्रान्डमार्फत ग्यास बिक्री–वितरण गर्ने योजना अघि सारेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार यसका लागि उद्योगीहरूलाई मर्जरमा जान आग्रह गरिएको छ।

निगमले कात्तिक १२ गते ग्यास उद्योगीहरूलाई औपचारिक पत्र पठाउँदै आर्थिक वर्ष २०८३/८४ को नीतिअनुसार उद्योग मर्जर गरी बजार र आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेको थियो।

तर, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले कानुनी व्यवस्था र कर छुटको व्यवस्था नभएसम्म मर्जर सम्भव नहुने बताएका छन्। उनका अनुसार उद्योग मर्जरका लागि आयकर ऐनको दफा ५७ संशोधन गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्था मर्जर हुँदा उपलब्ध गराइने सुविधासरह ग्यास उद्योगलाई पनि कर छुट र नीतिगत सहजीकरण हुनुपर्ने उद्योगीहरूको माग छ।

उद्योगीहरूका अनुसार कम्पनीको स्वामित्व, लगानी, वित्तीय अवस्था र व्यावसायिक संरचना फरक रहेकाले सरकारी निर्देशनका भरमा मात्रै मर्जर गर्न कठिन छ। यसका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायबीच समन्वय र कानुनी प्रक्रिया आवश्यक पर्ने उनीहरूको भनाइ छ।

यता, उपभोक्ता अधिकारकर्मीहरूले पनि पर्याप्त प्राविधिक र कानुनी तयारीबिना ब्रान्ड घटाउँदा जोखिम बढ्न सक्ने बताएका छन्। उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले एउटै ब्रान्डअन्तर्गत विभिन्न उद्योग सञ्चालन हुँदा सिलिन्डरमा समस्या आए दुर्घटनाको जिम्मेवारी कसले लिने भन्ने विषय स्पष्ट हुनुपर्ने बताए। उनले आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राखेर सरकार, निगम, उद्योगी तथा उपभोक्ताबीच छलफल आवश्यक रहेको बताए।

यसैबीच सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै सिलिन्डर तथा मूल्य प्रणाली लागू गर्ने तयारी पनि गरेको छ। प्रस्तावअनुसार घरायसी उपभोक्तालाई अनुदानसहित ग्यास उपलब्ध गराइनेछ भने होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा ठूला उद्योगलाई लागत मूल्यमा बिक्री गर्ने योजना छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङका अनुसार दुई फरक रङका सिलिन्डर तथा चारवटा तौल समूह निर्धारण गर्ने विषयमा अध्ययन भइरहेको छ। मन्त्रालयले सिलिन्डरको रङ र मूल्य प्रणालीबारे अध्ययन गरी केही दिनभित्रै टुंगोमा पुग्ने तयारी गरेको छ।

ग्यास उद्योगको मर्जर, कर छुट, सिलिन्डरको गुणस्तर, दुर्घटनाको जिम्मेवारी र सहज आपूर्ति सुनिश्चित गर्नु सरकारका लागि प्रमुख चुनौती देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व
अर्थतन्त्र

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?
अर्थ/ब्यापार

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै
खेलकुद

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

कार्तिक १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

कार्तिक १७, २०८३
ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

कार्तिक १७, २०८३
नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

कार्तिक १७, २०८३
तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

कार्तिक १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व