काठमाडौं । सन् २०२६ को अक्टोबर महिनामा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशतले बढी हो।
अक्टोबरमा सबैभन्दा धेरै १७ हजार ४३७ जना अमेरिकी पर्यटक नेपाल आएका छन्। त्यस्तै चीनबाट ११ हजार ६९५ र भारतबाट १२ हजार ९७ जना पर्यटक आएका छन्।
अघिल्लो वर्ष अक्टोबरमा १ लाख २८ हजार ४०० विदेशी पर्यटक नेपाल आएका थिए। भारतबाट आउने पर्यटकको संख्या भने गत वर्षको तुलनामा घटेको छ।
विभिन्न क्षेत्रमा विपद्का घटना भए पनि विदेशी पर्यटक आगमनमा कमी नआएको पर्यटन बोर्डले जनाएको छ।










Discussion about this post