काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बसेको बैठकमा संशोधित ऐन तथा नियमावलीअनुसार ठेक्का प्रक्रिया सुरु गर्न निर्देशन दिइएको हो। मन्त्रालयले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
यसअघि ठेक्का प्रक्रियामा कानुनी तथा प्रक्रियागत त्रुटि देखिएपछि सरकारले खरिद प्रक्रिया रद्द गरेको थियो। प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कानुनी व्यवस्था पालना नभएको भन्दै प्रक्रिया रोकिएको थियो।
बैठकमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजना प्रमुख तथा इन्जिनियरहरूको सहभागिता रहेको थियो।










Discussion about this post