काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल दिउँसो १२:३० बजे काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच हुनेछ।
त्यस्तै, दोस्रो खेल साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौं पहिलो जितको खोजीमा रहँदा कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ। यता, सुदूरपश्चिम जितको लयमा फर्किन चाहन्छ भने चितवन आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा मैदान उत्रिनेछ।










Discussion about this post